
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्षबीचको भेटवार्ताका क्रममा ,तस्बिर ः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पछिल्लो समसामयिक राजनीतिसँगै क्ररममासंक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो । सो भेटमा नेताहरुबीच सहकार्य गर्न विषयमा भने कुरा नभएको बुझिएको छ । प्रधानमन्त्री आफ्नो चीन भ्रमणका विषयमा भने अध्यक्ष ओलीलाई व्इत्तिःगत रुपमा जानकारी गराउनु भएको बुझिएको छ ।