
विदुर । पार्टीको जिल्ला अधिवेशन भएको झण्डै दुई वर्षपछि नुवाकोट कांग्रेसल कोषाध्यक्ष पाएको छ । कांग्रेस विधान अनुसार पार्टीको जिल्ला कार्यससमितिमा निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था रहेको छ । कांग्रेसको पदाधिकारी मध्ये कोषाध्यक्ष मात्रै मनोनित गर्ने प्रावधान रहेको छ । सो अनुसार नेपाली कांग्रेस नुवाकोटले पार्टीको कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ ।
आज शनिबार बसेको जिल्ला कार्यससमतिको बैठकमा सभापति रमेश कुमार महतले गर्नुभएको प्रस्ताव अनुसार कोषाध्यक्षमा कांग्रेस जिल्ला कार्यससमति सदस्य प्रल्हाद पन्थलाई मनोनित गर्नुभएको छ । यस्तै प्रवक्ताको जिम्मेवारीमा नारायण अधिकारीलाई दिइएको छ । बैठकमा महिला विभाग समेत गठन गरिएको छ ।
विभागको प्रमुखमा सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीलाई मनोनित गरिएको नेपाली कांग्रेस नुवाकोका सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । कोषाध्यक्षमा मनोनित हुनु भएका पन्थ नेपाली कांग्रेस युवा नेतासँगै स्वच्छ छवि भएका शालिन नेताका रुपमा चिनिनु हुन्छ । विद्यार्थी कालदेखि नै कांग्रेस राजनीतिमा क्रियाशल पन्थको पदाधिकारीमा इन्टी हुनुले कांग्रेसलाई बलियो बनाउन मद्दत मिल्ने कांग्रेस नेता कार्यकर्ताले विश्वास लिएका छन्