
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रतिज्ञा सभाकाे आयाेजना गरेकाे छ । आज राजधानीकाे प्रज्ञा भवनमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले तरुण दलमा मनाेनित भएका नेताहरुलाई तरुण दल लेखिएको गलबन्दीसहित खादा लगाएर स्वागत गरेका थिए ।


तरुणदलका अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा भएको कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत ,लगायता नेताहहरुकाे उपस्थित रहेकाे थियाे ।सभापति शेरबहादुर देउवाबाट सपथ लिए सँगै आज तरुदलले केन्द्रीय सदस्यहरुलाइ , देश जनता र पार्टी प्रति प्रतिवद्वता रहने प्रतिज्ञा गराएकाे हाे ।
सभापति देउवाले केही समयअघि झन्डै सात सय युवालाई तरुणदलकाे केन्द्रीय सदस्यमा मनाेनित गर्नुभएको थियाे ।युवाहरुलाई संगठनमा सक्रिय बनाउने भन्दै लामाे समयदेखि निश्क्रय रहेको तरुण दललाई थप चलायमान बनाउन खाेजिएकाे छ ।