
विदुर । नुवाकोट जिल्लाकाे सुर्यगढी गाउँ पालिकाले जे.सि.वि. किनेको छ । गाउपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा स्वीकृत वार्षिक बजेटमा उल्लेख भए अनुसार गाउपालिकाले सार्वजनिक खरिद एन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम जे.सि.बि.(ब्याक हु लोडर) खरिद गरि आज असोज २१ गते बाट विधिवत रुपमा संचालनमा ल्याएकाे गाउँ पालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।
उक्त जेसिवि खरिदसँगै यस गाउँपालिकाका ५ वटै वडामा तत्काल ६२ किलो मिटर बाटो सफा गर्नु पर्ने रहेकोमा क्रमिक रूपमा सफा गरिदैजाने समेत अध्यक्ष घलेले जानकारी दिनुभयो । गाउँ पालिका आफैले जसिवि खरिद गरेकाले सानातिना सडक निर्माणका लागि सहज हुने विश्वास लिईएकाे छ ।यसअघि गाउँ पालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले आफ्नो पालिकाबाहेक अन्य पालिकालाइ पनि कामका लागि डोजन दिने र त्यसका लागि छुट्टै दररेट कायम गरिने पनि गाउँपालिकाले जनाएको छ ।