
विदुर । नुवाकोट जिल्लामा साइकल दुर्घटनाका एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार बिदुर नगरपालिका वडा नं। ७ – सानुगाउं स्थित सोही वडा साउगाउं बस्ने वर्ष ६० को दक्षमान तामाङले आफै चलाएको साईकल ओरालोमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल लड्न पुग्दा गम्भीर घाइते भई घट्नास्थल मै मृत्यु भएको हो ।
उक्त घटना भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी टोली खटिगई घट्नास्थल निरीक्षण लगायत कानूनी प्रक्रिया पुरा गरी जिल्ला अस्पताल त्रिशुलीमा लाश पोष्टमार्टम पश्चात निजको आफन्तलाइ शव बुझाएको जनाएको छ ।