
काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।कृषि सम्बन्धि तालिमका लागि इजरायल पुगेका १० जना नेपाली विद्यार्थीहरु ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन ९६ अक्टोबरको भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमणमा परेर ज्यान गुमाउन पुगेका थिए ।
इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । इजरायमा रहेका अन्य विद्यार्थीहरुको इजरायली सरकारले सकुसल उद्धार गरेको छ भने मृइु भएका नेपालीहरुलाई ल्याउनका लागि इजरायल सरकारको स्वीकृतीको पर्खामा रहेको जनाइएको छ । इजरायल सरकारले नै आफै नेपाली विद्यार्थी र मृत्यु भएका शबहरु नेपाल पठाउने व्यवस्था गर्ने भनिएको भएपनि त्यसमा ढिलाई हुने भन्दै सरकारले नेपालबाट नै बिमान चार्टर गरेर पठाउन लागेको छ ।