
राजधानीको नयाँबजारमा रहेको ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा मंगलबार भएको एक कार्यक्रममा कुरीति, अन्धविश्वास र सबै प्रकारका विभेदहरूका विषयमा भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायक आफ्नो विचार राख्दै, तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौं । नेपाली समाज धार्मिकसहिष्णुतासँगै भाग्यउमा बढि विश्वा गर्ने गर्दछ । कतिपय विषयमा समाज निर्मम रुपमा नै प्रस्तुत हुँदै आएको छ । दैवीक शक्तिबाट प्राप्त हुने भाग्यलाई पनि बढि विश्वास गर्ने गरिन्छ । त्यसमा पनि समाजमा रहने झण्डै आधा तप्का त अझै पनि धार्मी भाक्रीप्रति विश्वस्त हुने गरेको छ । यसकै एक रुप पनि हो हामीले गर्ने धार्मिक संस्कार र पूजाआजा पनि, यस विषयमा भारतका वि एक प्रोफेसरले भने तयस विषयमा आफ्नो गहकिलो तर्क प्रस्तुत गरेका छन् ।
राजधानीको नयाँबजारमा रहेको ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा मंगलबार भएको एक कार्यक्रममा कुरीति, अन्धविश्वास र सबै प्रकारका विभेदहरूका विषयमा भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायक लगायत अन्य सामाजिक अभियन्ताले प्रष्ट पार्ने प्रयास गर्नुभएको थियो । ।अन्धविश्वासहरूका विरुद्ध भाषण मात्र गरेर समाज परिवर्तन नहुने भन्दै उहाले त्यसलाई व्यवहारिक रुपमा नै अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । प्रोफेसर नायकले चमत्कारिक बाबाहरूको भ्रमहरूलाई प्रतिकार गर्न आफूहरुले चमत्कारिक गतिविधिहरूगर्दै आएका बताउनुभयो । मुखमा आगो बाल्ने, ओठमा तीर खोप्ने, नरिवल फोडेर आगो बाल्ने लगायतका गतिविधि उनीहरू आफैले गरेर देखाउँछन् । यस प्रकारका चमत्कारहरूको कारण कुनै अलौकिक शक्ति नभएर विज्ञान भएको दावी गर्नुभयो ‘विभिन्न बाबाहरूले यस प्रकारको चमत्कार गरेर आफू भगवान् भएको दाबी गर्छन् र मान्छेहरूलाई भ्रममा पार्छन् ,तर त्यस प्रकारको चमत्कारिता, पाखण्डीपन बाहेक केही पनि होइन ।’
‘धामीझाक्रीले फुकेर रोग पार्नुमा केही मनोवैज्ञानिक पक्ष पनि छ त्यसका साथै उनीहरूले अफिम लगायत केही रासायनिक तत्त्वहरू पनि सुँघाउने गर्दछन्’, प्रोफेसर नायक भन्छन् – ‘धामीझाक्रिमा विश्वास गर्दा मानिसको स्वास्थ्यमा ठुलो धोखा हुन सक्छ । त्यस कारण त्यस प्रकारको अन्धविश्वासहरूको भ्रममा कहिले पर्नु हुँदैन । संयोगले एक दुई पटक रोगहरू निको हुन पनि सक्छ । तर त्यस प्रकारको अन्धविश्वासहरूसँग वैज्ञानिक सत्यताको कुनै साइनो हुँदैन ।’

कार्यक्रममा सहभागि नायकसँग सामूहित तस्बिर खिचाउँदै
प्रोफेसर नायक भन्छन्, ‘कुनै पनि घटनाको वैज्ञानिक कारण जाँच गर्नको लागि पचासौँ पटक त्यस प्रकारको घटना दोहोराउनुपर्दछ । जस्तै ‘भगवान्लाई पूजा गरेपछि परीक्षामा पास भइन्छ’ यदि यो विचारलाई वैज्ञानिक पुष्टि गर्नु छ भने यो घटनालाई पचासौँ पटक जाँच्नुपर्ने हुन्छ ।’ वैज्ञानिक अनुसन्धान गर्दा यस प्रकारको विचार अस्तित्वमा आउनै नसक्ने उनी दाबी गर्छन् । यस प्रकारका अन्धविश्वासहरूबाट प्रस्ट भएर उनी सानैदेखि नास्तिक भएको र अहिले पनि मेडिकल डाक्टरको पेसा छाडेर समाजमा वैज्ञानिक चेतना फैलाउन क्रियाशील छन्, प्रोफेसर नायक ।
राजनैतिक दर्शन र भाषणबाट मात्र समाज परिवर्तन नसकिने बताउँदै प्रोफेसर नायक, ‘आफ्नो जीवनलाई उदाहरण बनाउँदै त्यस प्रकारको अभियानमा लाग्नुपर्ने’ बताउँछन् प्रोफेसर नायक, –‘यसरी अभियान चलाउँदा भारतमा अतिवादी सरकारले थुप्रै सामाजिक अभियन्ताहरूको हत्या गरिसकेको र आफूलाई पनि भौतिक सफाया गर्न खोजिएको भए पनि सत्यताको लडाई निरन्तर अगाडि बढिरहने छ ।’
‘कुरीति र अन्धविश्वासका विरुद्ध एकदमै कडा कानुनको आवश्यकता भए पनि यो विषयलाई कानुनी आधारमा मात्र समाधान गर्न नसकिने हुँदा जनचेतना सबैभन्दा ठुलो विषय भएको’ प्रोफेसर नायक बताउँछन् – ‘यस प्रकारको जनचेतना, बालबालिका र नयाँ पुस्तामा बढी केन्द्रित गर्नुपर्दछ ।
ज्ञानशाला अनुसन्धान केन्द्रका समीर सिंहले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा गोपिरमण उपाध्याय, डा चूडा ढकाल, जगत् वशिष्ठ, राजेश विश्वकर्मा, रामदेव पाण्डे, हेमराज आश्रम, डा गोविन्दशरण उपाध्याय लगायतले पूरक टिप्पणी गरेका थिए ।