
विदुर । विश्व शान्ति र मानवीय सद्भावका निमित्त स्वास्थ्य शिक्षा,कला, साहित्य, खेलकुद संस्कृति लगायतका क्षेत्रमा योगदान गर्दै आइरहेको मन खुशी फाउण्डेशनले यस वर्षको विश्व शान्ति मानवीय सद्भाव साहित्य सम्मान २०८० नुवाकोृट जिल्लाका युवा साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
असोज ३० गते सामाजिक विकास समाज भवनको कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई सम्मान गरिने सो संस्थाले जनाएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष रहेका श्रेष्ठले नुवाकोट जिल्लासहित सिंगो मुलुकको साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । साहित्यकार श्रेष्ठका दर्जर्नौ कृतिहरु प्रकाशित भएका छन् । हालैमात्रै बाड्.्गमयका १२ सष्टा नामक कृति प्रकाशित भएको छ । नुवाकोट जिल्लाको साहित्यक विकासका लागि श्रेष्ठको योगदान महत्वपूर्ण रहँदै आएको छ ।
