
बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा बिरुवामा पानी हालेर उद्घाटन गर्नुहुँदै पार्टी सभापति तथा उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का, तस्बिर ः नुवाकोट पुकार डटकम
भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका वर्तमान पदाधिकारीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
एकदिने प्रशिक्षण कार्यक्रममा सहभागीलाई प्रशिक्षकहरू डा.सुरेश आचार्य, प्रा.कृष्ण खनाल , डा.खिमलाल देबकोटा, डा.बुद्धिमान श्रेष्ठले प्रशिक्षण दिदै हुनुहुन्छ ।यसअघि कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा रक्षा मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्कालेसंविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सजग हुन आवश्यकआवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निराशलाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती रहेको भन्दै जनप्रतिनिधिले स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जीत हासिल गर्न सकिने बताउँदै अरूलाई दोष दिएर मात्र दोषमुक्त हुन नसकिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँ, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतले पार्टीको गौरवपूर्ण बिगत र भरोसायुक्त भविष्य रहेको बताउनुभयो ।