
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा चियापान तथा रक्तदान कार्यक्रम
विदुर । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसी मुख्य संरक्षक रहेको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा चियापान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केसी निवास विदुर आज आयोजित कार्यक्रममा राजनैतिक दलका नेता, जन प्रतिनिधहरू युवा विधार्थी,पेशागत कर्मचारी,सुरक्षा निकायका व्यक्तित्वहरु, पत्रकार, बुद्धिजीवी शिक्षकहरुको सहभागिता रहेको ट्रष्टले जनाएको छ ।
सामाजिक कार्यक्रम भएपनि चियापान कार्यक्रममा नेपाली कांग्रेसभित्रको पनि केसी परिवारसँग निकट रहेका कांग्रेस नेता कार्यकर्ताको उपस्थित बढि देखिन्थ्यो । सो कार्यक्रममा बागमती प्रदशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशसभा सदस्य राधिका तामा., जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम ठकुरी,प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको जनाइएको छ ।

चियापान कार्यक्रमपछि ट्रष्टले जारी गरेको विज्ञप्तिमा मानवसेवालाई प्राथमिकतामा राखेर मात्र अगाडी बढ्नु“ भन्ने आमा यशोदादेवी के सी को आशीर्वादलाई व्यवहारमा उतार्ने प्रयास स्वरुप १५ वर्ष अघि बिशुद्ध समाजिक कामगर्ने पबित्र उद्श्य राखि स्थापित संस्था भएको भन्दै कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गर्ने सबैलाई धन्यवाद समेत प्रदान गरिएको छ ।
कार्यक्रममा सहभागिहरुलाई संरक्षक केसीसहित ट्ष्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदीश्वरनरसिंह केसीले सम्बोधन समेत गर्नुभएको थियो । सम्बोधनका क्रममा केसी परिवारले आफूहरुले राजनीति भन्दा माथि अठेर आफ्ना माता पिताको स्मृतिमा सामाजिक कायका लागिट्ष्ट स्थापना गरेको प्रतिक्रिया दिनुभएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस छाडेका खेमराज सेढाई पनि पुगेका थिए । यस्तै कांगेसका पूराना नेता शिव गजुरेल लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

सो अवसर जिल्ला रेडक्रस नुवाकोट शाखाको आयोजनामा ५२ जनाले रक्तदान गरेकोपनि ट्रष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी,चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह कसीसहित केसी परिवारले आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको उक्त संस्थाले नुवाकोट जिल्लालाई केन्द्रमा लाखेर स्थापनादेखि नै सामाजिक काम गर्दै आइरहेको छ ।