धादिङ ।नेपाली कांग्रेस धादिङ जिल्ला सम्मेलन विधि विपरित भएको भन्दै पाख्रिन, ढुंगाना र धमलाले बहिस्कार गर्ने, सहभागि नहुन कार्यकर्तालाई अपिल
नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ । शनिबार कांग्रेस नेता शेखर कोईरालाले उद्घाटन गर्ने भनिएको सम्मेलन केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला र १४ ओं अधिवेशनमा झिनो मतले पराजित भिम प्रसाद ढुंगानाको समुहले बहिस्कार गर्ने भएको हो । पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेकाले बहिस्कार गर्नुपरेको पत्रकार सम्मेलनमा ढुंगानाले जानकारी दिए । सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागि नहुने भएका छन् ।
पत्रकार सम्मेलनमा सहभागि निवर्तमान सभापति धमलाले भोलीको सम्मेलन गुटको भेला मात्र भएकाले सहभागि नहुन नेता कार्यकर्तालाई आग्रह गरे । उनले सभापति बनाउन आफु नै लागि परेको भए पनि पार्टीलाई विधि संवत् बनाएर लान नमनेपछि यो निर्णय गर्नुपरेको बताए । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाख्रिन, उपसभापति, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।उता सभापति रामनाथ अधिकारीले भने जिल्ला सम्मेलन हुने पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।