लामो रस्साकस्सी पछि सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।
सरुवाको सूची अनुसार नेपाल प्रशासन समूहका ५०,शिक्षा समूहका ६,वन सेवाको ४,इञ्जिनियरिग सेवाका ९,स्वास्थ्य सेवातिरका १ जना सहसचिव सरुवामा परेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरेको हो ।