
लगानी सम्मेलन निर्देशक समितिका पहिलो बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. प्रकाशशण महत, तस्बिर, नुवाकोट पुकार डटकम
काठमाडौँ — सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी थालिएको छ । लगानी सम्मेलनका लागि गठन गरिएको निर्देशक समितिको आज बसेको बैठकले विभिन्न समितिहरु गठन गरेर त्यसको तयारी समेत थालेको छ ।
उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिनुभएको थियो । समितिको बैठकपछि अर्थमन्त्रालयमा आयोजत पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका लागि तयारी थालिएको जानकारी दिनभभयो ।

पत्रकार सममेलनमा मन्त्री महतले लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने उदेश्य रहेको बताउनुभयो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिने मन्त्री महतले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । सरकारले अर्थमन्त्री महतको नेतृत्वमा सममेलनका लागि निर्देशक समिति गठन गरेको छ ।
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिनुभएको थियो ।