
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय गठन भएको छ। महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले पार्टी सचिवालय गठन गरेको हो।
सचिवालयको सभापतिमा रवि लामिछाने छन् भने डिपी अर्याल र स्वर्णिम वाग्लेलाई उपसभापति बनाइएको छ। महामन्त्रीमा डा। मुकुल ढकाल छन्। बैठकले तीन सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरेको छ।
बम
संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारी तथा सहकोषाध्यक्षमा बसुमाया तामाङ र दीपक बोहोरा छन्।
सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं चयन भएका छन्।
बम
बैठकले अनिलकेशरी शाह, राजन गौतम ९चितवन०, डा। नन्दन यादव ९महोत्तरी०, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।