
सम्झौतापत्र आदानप्रदान गर्दै नेपाल रेडक्रस नुवाकोट शाखाका सभापति हरि श्रेष्ठ र तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाड. ,तस्बिर ः नुवाकोट पुकार डटकम
विदुर । मानविय सेवमा समर्पित रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोटले आफ्नो सामाजिक अभियानलाई थप बृहत बनाउँदै लगेको छ । यसै क्रममा रेडत्रस जिल्ला शाखा नुवाकोटले आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि व्यक्तिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ तादी गाउँपालिकालाई निःशुल्क रक्तसेवा प्रदान गर्ने सहमति जनाएको छ । सोमबार गाउँपालिकामा अयोजित एक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा र तादी गाउँपालिका बिच निशुल्क रगत सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
पालिकासँग भएको सम्झौता अनुसार सम्बन्धित पालिकाबासिलाई अस्पतालमा उपचार गराउदा चाहिने रगत र रक्ततत्व नुवाकोट रक्त सन्चार सेवा केन्द्र र नेपाल रेडक्रस सोसाइटीे भक्तपुर रक्त सन्चार केन्द्रबाट यस आर्थिक वर्षभरि निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तमान तामाड.ले जानकारी दिनुभयो ।
जिल्ला रेडक्रस नुवाकोटका अध्यक्ष हरि श्रेष्ठका अनुसार निःशुल्क रक्त सेवाका लागि सम्बन्धित पालिकाबासी भएको प्रमाण खुल्ने ; नागरिकता वा वसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई रक्त सन्चार केन्द्र नुवाकोट र भक्तपुर मा सम्पर्क गरेपछि केन्द्रले निःशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध हुनेछ । गाउँपालिकाले यस सेवा बाट अधिकत्तम लाभ लिन सम्पुर्ण तादी गाउँ पालिकाबासी र सरोकारवाला सबैलाई अपिल गरेको छ ।