
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवार हुन चाहाने सदस्यहरुले मनोनयनपत्रसँगै दर्ता गर्नुपर्ने कागजातकाका बारेमा कार्यविधि स्वीकृत गरेको छ । पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ्र राष्ट्रिय सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम देहाय अनुसारका कागजात पेश गर्नुपर्ने गरी आयोगको आयोगले निर्णय गरेको प्रवत्तः शालिकराम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगलेसार्वजनिक गरेको विवरण अनुसार उम्मेदवारले पेश गर्नुपर्ने कागजात यस्ता छन् ः
क उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख मतदाता नामावली ऐन, द्दण्ठघ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
ग राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, द्दण्ठछ को दफा टघ बमोजिम दश हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर,
तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। साथै आर्थिक रुपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनु पर्नेछ।
घदलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र,
९ ङ राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,
९ राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,
९ प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण,
९ मतदाता नम्बर,
९ घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण,
९ कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणा पत्र,
९ निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र,
९ उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा,
सम्बत् द्दण्ठ९ सालको प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि,
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, द्दण्ठछ को दफा ज्ञद्द बमोजिमको कुनै अयोग्यता नभएको स्वघोषणापत्र,
उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहिछाप गरिएको उम्मेदवारको मनोनयनपत्र,
उम्मेदवारले प्रतिनिधि मुकरर गरी मनोनयनपत्र दर्ता गराउन चाहेको भए राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, द्दण्ठट को अनुसूची(ज्ञछ बमोजिमको प्रतिनिधि मुकरर पत्र।
दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोकिएको पत्रको प्रतिलिपि।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिकामा उल्लिखित अन्य प्रावधान र कार्यविधि पूरा गरेको हुनुपर्नेछ।