काठमाडौं । राजधानीको टोखास्थित विनायक अस्पताल तथा प्रसूतिगृह र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड प्रालिबीच विशेष छुटसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा अस्पतालका प्रबन्ध निर्देशक केपी लामिछाने र बैंकका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । अस्पताल र बैंकबीच भएको समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहकहरूले विनायक अस्पताल तथा प्रसूतिगृहका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने समझदारीमा उल्लेख गरिएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको बैंकद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गोंगबुमा रहेको अस्तालले आफ्नो सेवा विस्ता गर्दै २४ सै घण्टा इमरजेन्सीसहितका सेवाहरु प्रवाह गर्दै आइरहेको । गरिब र असहायका लागि सहुलियतमा सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रवन्ध निर्देश केपी लामिछानेले जानकारी दिनुभयो ।