विदुर । ,समुदायमा कांग्रेस, अभियान अन्र्तरगत नेपाली कांग्रेस नुवाकोटले विचार गोष्ठीको आयोजना गरेको छ । नेपाली कांग्रेसको आगामी कार्यदिशा कस्तो हुनुपर्छ ? भन्ने विषयमा भर्चुवल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तहका अगुवाहरुले मुलुकको शासकीय स्वरुपमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष प्रल्हाद पन्थ, किस्पाड. गाउँपालिकाका पूर्व अध्यक्ष तथा बागमती प्रदेश सदस्य छत्र लामा, मेघाड. गाउँपालिकाका पूर्व उपाध्यक्ष शान्ति लामा,महासमिति सदस्यद्धय रुक्मणी सेढाई र गीता अमात्यले नेपालको राजनीतिक अवस्थालाई मुल्यांकन गर्दा शासकीय स्वरुपमा परिमार्जन गर्नुपर्ने देखिएको उल्लेख गरेका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि भवानी देवकोटा र पवित्रा पुडासैनी ,नेपाल विद्यार्थी संघका पूर्व सचिव तथा कांग्रेस नेता सरोज केसी,वडा सभापति उमंग शाक्य, क्षेत्रिय प्रतिनिधि राजकुमार आचार्य, वडा सचिव चन्दलाल तामाड.ले पनि आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य हुनुपर्ने,पार्टी र राज्यको कुनैपनि पदमा दुई कार्यकाल भन्दा बढि हुन नपाउने,लामो समयसम्म योगदान, समर्पण, भिजन र जनआधारको मापदण्ड हेरेर टिकटमा अवसर दिनुपर्ने कुरामा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागिहरुले बेरोजगारी समस्या समाधान हुनुपर्ने,स्वास्थ्य शिक्षा र रोजगारमा समान पहुँच हुनुपर्ने विषयमा पनि जोड दिएका थिए । यस्तै जनप्रतिनिधिहरु पारदर्शी हुनुपर्नेमा पनि जोड दिईएको थियो ।
नेपाली कांग्रेस संगठन विभाग नुवाकोटद्धारा आयोजना गरिएको विचार विमर्श कार्यक्रमको संयोजन संगठन विभाग प्रमुख तथा जिल्ला सचिव श्रीराम श्रेष्ठले गर्नुभएको थियो । कांग्रेसले माघ १६ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । सो अभियानका क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि जिल्लाको ७७ वटै वडामा पुगेर जनताका कुरा सुन्दै भन्दै आफ्ना प्रतिनिधि खटाएको छ ।