
विदुर । नेकपा माओवादी केन्द्रका नेता हिरानाथ खतिवडा पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बन्नु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आइतबारबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको वैकल्पिक केन्द्रीय समिति सदस्यमा मनोनित गनुृभएको हो ।
नेकपा माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि सक्रिय उहा नेकपा माओवादीको जिल्ला अध्यक्ष समेत भैसक्नु भएको छ । नुवाकोटको क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा एक कार्यकाल निर्वाचित हुनु भएका खतिवडा यस पटक भने गठबन्धनका कारण टिकट पाउनबाट बञ्चित हुनु भएको थियो । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’का विषयमा समिक्षा गर्न आयोजित बैठकमा प्रदेशगत रिपोर्टिङ गरिएको थियो । बैठकमा दीर्घकालीन रणनीतिका साथ नेता–कार्यकर्ता नियमित जनतामा जाने गरी संगठन विस्तार र सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिनुभएको बताइएको छ ।
