
काठमाडौँ, फागुन ७ गते । आज प्रजातन्त्र दिवस,राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्र मुलुकले त्यसपछि हासिल गरेको सम्पूर्ण उपलब्धिको जग हो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ को संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो । त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो ।
प्रजातन्त्र दिवसको अवसरमा आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्पति डा. रामवरण यादव, उपराष्ट्पति रामशायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्यिसभाका अध्यक्ष गणेश लिमिल्सिना,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मओलीले शुभकामना सन्देश दिनुभएको छ ।
७४ औँ प्रजातन्त्र दिवस मनाइँरहदा दलका नेतृत्वकै कमजोरीका कारण लोकतन्त्र दलतन्त्रमा परिवर्तन भएकोले यसको सुधार पनि राजनीतिक दलको नेतृत्व तथा कार्यकर्ताबाटै हुनुपर्ने देखिन्छ । २००७ को प्रजातन्त्रकै जगमा २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको थियो । यिनै परिवर्तनबाट मुलुक विधिवत् रूपमा गणतन्त्रमा प्रवेश गरेको हो । मुलुकका लागि उक्त व्यवस्था अत्यावश्यक रहेको भए पनि राजनीतिक दलको नेतृत्वले आफ्नो परिवर्तनमा मात्रै जोड कारण व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ ।