
काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित लोलाड.मा मेलम्ची पानी ल्याउन महत्वपूर्ण भूमिका निर्वाचन गर्नुभएका खानेपानी अभियान्ता विष्णुराज कडरियालाई सम्मान गरिएको छ । तारकेश्वर नगरपालिका वडा ४ लोलाड.स्थित सरस्वतीबस्ती टोल सुधार समिति र नागेश्वरबस्ती टोलसुधार समितिको संयुक्त आयोजनामा आज सोमबार भएको एक कार्यक्रममा कडरीयालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्वहरु हस्तबहादुर गुरुड.,हिरामणी सुवेदी,काठमाडौं उपत्यका खानेपानी लिमिटेडका इन्जिनियर पुष्प भण्डारीले संयुक्त रुपमा सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व कडरीयाले आफूहसहितको टोलीको प्रयास प्रयासपछि मेलम्चीको पानी ल्याउन सकिएको उल्लेख गर्नुभयो । उहाले अबका दिनमा यसलाई व्यववस्थि गर्दै लोलाड.मा पानीको समस्या अन्त्य गर्न लागिपर्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

सरस्वतीबस्ती टोलसुधार समितिका अध्यक्ष शुकदेव दाहालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी एवं नेपाली कांग्रेसका नेता हस्तबहादुर गुरुड., नेपाल सरकारका उपसचिव तथा टोलबासी हिरामणी सुवेदी,समितिका सल्लाहकार कुमार दाहाल,नागे श्वर बस्ती टोलसुधार समितिका अध्यक्ष सुमन थापा,त्रिशुलधारा टोलसुधार समितिका अध्यक्ष केशरबहादुर बुढाथोकी, समावसेवी यदुनाथ अधिकारी,काठमाडौं उपत्यका खानेपानी लिमिटेडका इन्जिनियर पुष्प भण्डारी,जागरण महिला समुहकी अध्यक्ष तथा सरस्वती टोल सुधार समितिका उपाध्यक्ष अम्बिका घिमिरे,सचिव बासुदेव भण्डारीसहितका व्यक्तित्वहरुले मेलम्चीको पानी ल्याउन गरिएको प्रयास र खानेपानी समस्या समाधानका विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड बालाजु शाखाका इन्जिनियर पुष्प भण्डारीले तारकेश्वरको लोलाड.मा हुने खानेपानी समस्याको समाधानका लागि आफूहरु लागिरहेको भन्दै अब बाँकी ठाउँहरुमा पनि पानी पुर्याउने अभियानमा रहेको जानकारी दिनुभयो । उहाले भुगोलको हिसाबले पानी व्यवस्थापनमा भएको असहजतालाई पनि कम्पनी राम्रासँग बुझेको भन्दै त्यसको समाधानका लागिपनि प्रयास भैरहेको उल्लेख गर्नुभयो । दुवै टोलबासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार काशीनाथ रिमालले गर्नुभएको थियो । सो अवसरमा यसअघि समितिमा रहेर काम गर्नुभएका समितिका पूर्व अध्यक्ष प्रमोद गजुरेल तथा खानेपानी उपसमितिका संयोजक मेघना साहलाई पनि खादाले सम्मान गरिएको थियो ।
