
काठमाडौं । ‘जीवन भनुँ त घात छ’, ‘मुटु जलिरहेछ’, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नसा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘भुल्नै सकिनँ त्यो क्षण मिलनको’, ‘आँसुजस्तो हो जीवन’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’ यस्ता गितहरु सुनेपछि जस्तोसुकै मानिसले पनि आफ्नो पिडा भुल्ने गर्दछ । यस्ता कालजयी गित गाउँने गायक अब हाम्रो स्मृतिमा मात्रै रहने भएका छन् । भजनशिरामणिका नामले नेपाली दुनियाँमा आफ्नो नाम राख्न सफल गायक भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि जिब्रो गुमाए पनि उहाँका गितहरुले हामीलाई सँधै मनोरञ्जन प्रदान गरिरहेका थिए । हामीले हाम्रा यस्ता कालजयी गायक छन् भन्न पाएका थियौं । तर अब त्यो स्मृतिमा मात्रै हुनेछ । उहाको यो आवाज पनि नेपाली संगीत रहेसम्म सम्मानसाथ गुन्जिरहनेछन् । ०३० देखि ०४५ सम्म केवल १५ वर्षको अवधिमा गाएका अजर गीत÷भजनले नै भजनशिरोमणि भक्तराज आचार्य अमर बन्न पुगेका छन्
०४९ मा जिब्रोमा देखिएको खटिरा एक वर्षपछि क्यान्सर पुष्टि भयो । उपचारका क्रममा जिब्रो नै काट्नुप¥यो । त्यसपछि गाउन नसकेका उनले तीन दशकपछि सोमबार ८२ वर्षको उमेरमा संसार छाडे । स्वास्थ्यमा जटिलता देखिएपछि सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो । आचार्यको शवलाई अन्तिम श्रद्ञ्जलीका लागि मंगलबार ११ बजे नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिएको थियो । संगीत तथा नाट्य प्रतिष्ठानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका राजनीतिक दलका शीर्ष नेताहरु, कलाकर्मी, राजनीतिककर्मी, साहित्यकार, केखक, पत्रकारहरु र सर्वसाधारण अन्मि श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका थिए । त्यहा उनको शवमा अन्तिम श्रद्धाञ्जली प्रकट गरिएको थियो । त्यहाँबाट शवयात्रा गरेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । आचार्यका जेठा छोरा सत्यराज र कान्छा स्वरूप दुवै गायनमै सक्रिय रहँदै आएका छन् । स्वर्गाीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।