
रामशरण थापा
नेपाली कांग्रेस पार्टी नेपालको ईतिहासमा सबैभन्दा पुरानो जनतामा लोकप्रिय लोकतान्त्रिक पार्टी हो । परिवर्तनको स्प्रष्ट दर्शन, सिद्धान्त, विचार, नीति र विधि अवलम्बन गर्ने सबैभन्दा सङ्घर्षशील र लामो इतिहास बोकेको देशको समग्र भूभागमा पैmलिएको सम्पूर्ण जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, धर्म, संस्कृति र पेशाकर्मीलाई समेटेको विपत्र, सीमान्तकृत, भेदभावमा परेकाहरूको उत्थान, विकास र प्रगतिका लागि समर्पित पार्टी हो । वि.सं. २००३ असोज १८ मा भारतको पटनामा, वि.सं. २००३ कार्तिक १५ गते बनारसमा, वि.सं. २००३ माघ १२ र १३ गते कोलकात्ताको भवानीपुर खाल्सामा सम्पत्र अधिवेशनबाट परिवर्तित “नेपाली राष्ट्रिय कांग्रेस” हुर्दै वि.स. २००६ साल चैत्र २७ गते नेपाली प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट “नेपाली कांग्रेस” को स्थापना भएको हो । विशेष गरि मानव अधिकारको संरक्षण, लोकतान्त्रिक अभ्यास, सुसाशन र नागरिक प्रतिको उच्च उत्तरदायित्व बहन गर्ने र विभिन्न कालखण्डमा गरिएका ऐतिहासिक जनआन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्थापित पार्टी हो ।
कुनै पनि पार्टीको स्थायित्व विधि र विधान अनुरुप संचालन हुने, लोकतान्त्रिक अभ्यासको प्रयोग गर्ने पार्टी नै अन्नतः कालसम्म अस्तित्वमा रहने हो । लोकतान्त्रिक मुल्य र मान्यता बोकेको आर्दश सिद्धान्त र बिचारसँगै पार्टी गतिविधिका सबल पक्षले मात्र पार्टी युगौ–युगसम्म संचालन भै रहन्छ । पार्टीको इतिहासको व्यख्या गरेर, आफ्ना संस्थापक नेताहरु (विपी, गणेशमान, सुर्वण शमशेर) आदिको नाम जपेर मात्र पार्टी जिवन्त हुने होईन, पार्टीले बितेका समयमा जुन अगुवाई लिर्दै गौरवमय इतिहास कोरेको छ बर्तमानमा पनि यसको महत्व दर्शाउर्दै आशा लाग्दो भविष्य समेत निर्माण गर्नु पर्दछ र यसैको आधारमा मात्र पार्टीको स्वर्णिम भविष्य सुनिश्चित हुने हो । पार्टीको हालका गतिविधि र अवस्था हेर्दा आम कार्यकर्ताले सन्तृष्टि हुने ठाउँ कतै देखिदैन् कांग्रेसका माथिल्लो तह देखि तल्लो तह सम्ममा नेतृत्व तथा कार्यकर्ताले आफ्नो दल कता तीर छ ? जनताको जनमत कता तीर मोडिदै गएका छन् ?? पार्टीमा देखिएको चरम गुटबन्दी, अनुसाशनहीनता लगायत विधि र विधान बिपरितका चुनौतिहरु के कस्ता छन्?? एकपटक सबैले आत्म समिक्षा गर्नु जरुरी भैसकेको छ ।
पार्टीको विधान र नेतृत्वको कार्यशैली नबदलिएसम्म सक्षम र सबल कार्यकर्तालाई बृहत्त रुपमा परिचालन गर्न सम्भव छैन् आरंक्षण र समानुपातिक प्रतिनिधित्वको नाममा नेतृत्वले आफ्ना पकेटको व्यक्तिहरुलाई पद बाड्ने जुन किसिमको परिपाटी बिकसित भएको छ त्यसले सक्षम र ईमान्दार कार्यकर्ताहरुमा चोट पु–्याई पार्टी र राजनीति प्रति नै नैराष्यता उत्पत्र गराएको छ । पार्टीको सत्ता लिप्सा नेतृत्वलाई चुनौती दिनसक्ने, नीति र विधिमा पार्टीलाई डो्र्याउन सक्ने, गतिशील नेतृत्वको अभाव देखिएको छ, जस्का कारण पार्टीमा समय सापेक्ष हुनुपर्ने नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टीको रुपान्तरण कुहिरोको काग है अल्मलिएको देखिन्छ । नेपाली कांग्रेस सामु अहिले नीति र विधिको बाटो आत्मसाथ गरि देखिएका यावत समस्याहरुलाई चिर्दै एउटा गन्तव्यमा पुग्नु पर्ने मुख्य चुनौती रहेको छ । एकातीर आम नागरिकले पार्टीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ भने अर्कोतीर दिनानुदिन जनमत घट्दो क्रममा छ, यस्तो संकट र भयावह परिस्थितिलाई समाल्न सक्ने नेतृत्व पार्टीमा छ कि छैन? पार्टी तथा सरकारको वैकल्पिक नेतृत्व लिन र दिन सक्ने दुरदर्शी, ईमान्दार, बौद्धिक र सक्षम व्यत्तित्व पार्टी भित्र छ कि छैन् ?? यो तमाम कार्यकर्ता र आम जनताहरुको चासोको विषय बनेको छ ।
जनताले पार्टीलाई दिएको निर्वाचनको परिणाम छुट्टै छ, आम जनताको दैनिकी दिनदिनै कष्टकर बन्दै गैरहेको छ देशमा व्यापक भ्रष्टाचार बढेको छ, देशको आर्थिक अवस्था नाजुक हुनुका साथै बेरोजगारको अवस्था भयावह छ, दैनिक २ हजार देखि २५ सय सम्मको हाराहारीमा युवा जनशक्ति विदेशीने क्रम तीव्र छ, विकासको गतिको त कुरै छाडौं सरकारले जनतालाई दिने न्यून्तम सेवा, सुरक्षा र सुसाशन समेत चित्तबुझ्दो छैन् यस्तो विषम परिस्थितिमा नेपाली कांग्रेसले सदन र सडक दुबै स्थानबाट जनताको आवश्यकता र जनचासोलाई बुलन्द बनाउनुको साटो सत्ता केन्द्रित मात्र हुनु बिडम्बनाको कुरा हो । यसका साथै केही दिन अघि सम्म पनि विचार, सिद्धान्त र एजेण्डा केही पनि नमिल्ने पार्टीहरुसँगको गठबन्धन, जनताले दिएको जनमतको बेवास्ता गर्दै सरकारको उपलब्धी शुन्य हुदाँहुदै ३२ सिट भएको माओवादी पार्टीको नेतृत्वको सरकारमा सामेल हुदै निरन्तर गर्न खोज्नुले पनि नेतृत्वमा संकट छ, दुरदर्शी शोच छैन भन्ने आकलन गर्न कुनै मुस्किल छैन् । यस्तो अवस्थामा पार्टीले सबै पक्षलाई मिलाएर जनताको जनमतको कदर गर्दै मुलुकलाई राजनैतिक स्थिरतातर्फ लैजानु अवसर थियो तर यो अहिले चुनौती बनेको छ । पार्टीमा देखिएका आन्तरिक कलह भन्दा माथि उठेर (आन्तरिक र बाह्य) सबै शक्तिलाई मिलाएर अघि बढ्न सक्ने जुझारु नेतृत्वको आवश्यकता खड्किएको छ । नेतृत्वमा बस्नेको बलियो इच्छा शक्ति हुनुपर्छ, चाकडी, चाप्लुसी र झोला बोकेको भरमा नेतृत्वमा पुग्नेहरुबाट समग्र पार्टीको रुपान्तरणको आशा राख्नु मुर्ख मात्र हुन्छ । ईमान्दार, अनुभवी, शिक्षित, लगनशिल, व्यक्तिले मात्र मुलुकमा परिवर्तन दिन सक्छ र पार्टीमा समेत उर्जा भर्न सक्छ । कांग्रेस अझै पनि पुरानै ढर्राबाट अघि बढ्ने हो भने पार्टीमा लागेका युवाहरुको भविष्य त सकिन्छ नै पार्टी नै धरापमा पर्न सक्छ र देश नै उधोगती तीर धकेलिन्छ र सबैको भविष्य नै अन्धकार हुन्छ । सबैलाई थाहै छ कुनै पनि पार्टीलाई कतातीर डो–्र्याउने भन्ने कुरा नेतृत्वको विवेक, कार्यकुशलता र क्षमतामा भर पर्दछ । अहिलेको अवस्थामा नेपाली कांग्रेसको सान र मान बचाउनको लागि ऐतिहासिक गौरवमय गाथा गाएर मात्र पुग्दैन् ।
नेतृत्वमा बस्नेहरुले सबै कार्यकर्ताहरु आफ्नै मात्र पछि लागून, अनुयायी मात्र बनून भन्ने चाहन्छन्, त्यो उहाँहरको शोचमा स्वभाविकै होला तर यस्तो संकृर्ण सोचले न पार्टीमा परिवर्तन ल्याउन सकिन्छ न कार्यकर्ताहरुको शोच विचारमा परिवर्तन र उत्साह नै भर्न सकिदैन । पुराना (७० वर्ष उमेर पुगेका) पुस्ताका नेताको स्मरण शक्ति कम र जोश जाँगर पनि हराएको देखिन्छ, उहाँहरुले बिस्तारै नयाँ पुस्ताको काँधमा जिम्मेवारी दिँदै आफूहरु सल्लाहकारको भूमिकामा बस्ने बेला आएको छ । नेपाली कांग्रेस पुरानो पुस्ताको पार्टी हो, बुढाहरुको मात्र पार्टी हो, यसमा नयाँ जोश, जाँगर र अग्रगामी सोच भएका नेतृत्व कोही पनि छैनन् भन्ने अहिलेका आम नागरिक र युवा माझ देखिएको भ्रम छ यसलाई चिर्नु पहिलो आवश्यकता देखिन्छ । नेतृत्वमा रहेका अधिकांश पहिलो र दोस्रो पुस्ताका नेताहरुले अभिभावकीय भुमिका निर्वाह गर्दै (६० वर्ष भन्दा कम) तेस्रो पुस्ताका नेतृत्वलाई पार्टी हाक्ने जिम्मेवारी दिने हो भने यो पार्टी आम युवाहरुको आकर्षणको केन्द्र बत्र सक्छ ।
देशका युवा शक्ति अहिले कुनै पनि राजनैतिक दलहरु प्रति सकारात्मक छैनन् । यस्तो विषम परिस्थितिमा नेपाली कांग्रेसले आम नागरिकको दैनिकीसँग आत्मसाथ गर्न सक्यो, युवाहरुको मतको कदर गर्न सक्यो भने फेरि पनि कांग्रेस पार्टीको जनलहर आउँछ, विगत देखि नै कांग्रेसका कदमहरु देश र जनताका लागि अघि बढीरहेका छन् भन्ने जनमानसमा महसुस गराउन सकियो भने पार्टीले फेरी पनि जिवन्त रुप लिन सक्छ । हालको बदलिदो परिवेश अनुरुप युवाशक्तिको साथ, सहयोग र भरोसा नेपाली कांग्रेसले पाउन सक्यो भने यसको भविष्य अझै सुनौलो बन्छ । तर विडम्बना के छ भने कांग्रेसका शीर्ष नेतृत्वले आफू मृत्युशैयामा नपुग्दासम्म पद हस्तान्तरण गर्न नखोज्ने जुन परिपाटी छ त्यो नै पार्टी मजबुदको लागि सबैभन्दा ठूलो संकट हो । नेतृत्वमा बस्नेहरुले के कुराको मनन गनु प–्यो भने उमेरसँगै मानिस शारीरिक र मानसिक रुपले कमजोर रहन्छ, निर्णय गर्ने क्षमतामा कमी, जोश, जाँगर, इच्छा शक्ति सबै कमजोर नै हुन्छ, नेतृत्वले अब म होइन मेरो बिकल्प दिने युवा नेतृत्व यो हो यसैको आशा, विश्वास र भरोसा हामी सबैले गर्नु पर्छ भन्ने मानसिकता राख्नु जरुरी भैसकेको छ ।
नेपाली काँग्रेस विपी कोइरालाको नेतृत्वमा सङ्गठित चम्किलो इतिहास बोकेको पार्टी हो । समयले कोल्टे फेरेसँगै नेपाली काँग्रेसले अब इतिहास भजाएर खाने दिन सकिएको छ । पार्टीका स्रष्टाहरू विपी, सुर्वण समशेर, गणेशमान, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, महेन्द्र नारायण निधि आदिको नाम अगाडि सारेर जनमत ल्याउने दिन पहिले थियो तर अहिले सकिएको छ यो सबैले बुझ्नु अनिवार्य भैसक्यो र नेतृत्व आफै सक्षम हुनु पर्ने अहिलेको आवश्यकता रहेको छ ।
नेपाली समाज अहिले डिजिटल समाज, सुसूचित समाज, चरम व्यक्तिवादी समाज हुर्दै स्र्वाथमुखी समाजमा रूपान्तरण हुँदै गएको छ । आमजनताका आवश्यकता, चाहना, दृष्टिकोण र चिन्तन पनि बदलिएको छ । सामाजिक सञ्जालको प्रयोगले राजनीतिक, सामाजिक, आर्थिक सवालमा नयाँ ढङ्गले सोच्नु पर्ने बनाएको छ । मानिसको भौगोलिक जरुरता घटेको छ भने आफन्तपनको सामिप्यताको परिभाषा पनि बदलिएको छ । सूचनाको पहुँचले देशको राजनीतिक निर्णयमा विदेश बस्ने नेपालीहरूको प्रभाव दिन २ गुणा र रात चौ गुणाले बढ्दै गएको छ । सङ्घीयताले प्रादेशिक राजनीतिक दलहरूको सम्भावनालाई अगाडि ल्याएको छ । एकातीर हालको राजनीति एकदम प्रतिस्पर्धी, खर्चिलो र चुनौतीपूर्ण बन्दै गएको छ भने अर्कोतीर भू–राजनीतिका कारण अन्तर्राष्ट्रिय दृष्टिकोण र छिमेकीको स्र्वाथलाई पनि नजिक बनाई दिएको छ ।
देशमा बढीरहेको चरम भ्रष्टचार, अनियमितता र अनुसाशनहीन गतिविधिले सामाजिक, आर्थिक विकास र परिवर्तनको गति सुस्ताएको छ, जस्का कारण गरीबी र दण्डहीनता बढेको छ भने देश आर्थिक संकटको चपेडातर्फ उन्मुख रहेको छ । दृत प्रविधिको विकासका कारण विश्वमा तीव्र गतीमा भएको विकास र परिवर्तन देखेका युवावर्गले आफ्नै देशको सरकार र राजनीतिक दलहरूको समेत मुल्याङ्कन गर्नुका साथै आम युवाहरूले सामाजिक सञ्जाल मार्फत परिवर्तनको पक्षमा एकजुट हुने समेत ल्याकत राख्दछन् । एकातीर भ्रष्ट नेताहरुको अकमर्णयताका कारण उत्पादनमुखी क्षेत्र उधोग कलकारखानामा गर्नुपर्ने लगानी अनुत्पादक क्षेत्रमा अर्थात राज्यको स्रोत वितरणमूखी हुदाँ रोजगारी सिर्जना शुन्य रहनुले युवाशक्ति विदेश पलायन हुनुका साथै राजनीति प्रति उनहिरुको क्रेज नै घटेको छ । साच्चै भन्ने हो भने युवावर्ग नेपालको राजनीतिको कोर्ष परिवर्तन भएको हेर्न चाहन्छ यतीमात्र होइन उनीहरुको राजनैतिक सिद्धान्तको मुल्य, मान्यता र आस्था समेत फरक भएको देख्न सकिन्छ, परम्परागत रूपमा देखिने सैद्धान्तिक आस्था अनिवार्य हुन छोडेको छ भने जनतामा नैराष्यता उत्पत्र भै दलहरू प्रति विश्वास समेत टुटेको छ ।
समग्रमा नेपाली काँग्रेसमा देखिएका चुनौतीहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।
ः नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक वातावरण निर्माण गरि पार्टीलाई जनता र कार्यकर्ता समक्ष खरो रुपमा उतारी जनविश्वास लिर्दै सरकारको नेतृत्व गर्ने, लोकतन्त्र, राष्ट्रियता र समाजवादको सिद्धान्त अनुरूप आर्थिक सामाजिक रुपान्तरण गर्दै देशको सबै क्षेत्रको चौतर्फी विकास गर्नु नेपाली काँग्रेसको महत्वपूर्ण चुनौती रहेको छ ।
ः पार्टीलाई गतिशील, अनुशासित र जनभरोसाको पार्टी बनाउन नेतृत्वमा वैचारिक, साङ्गठनिक कार्यकुशलता हुनु आवश्यक छ, नेतृत्व आफै पनि सजक र मजबुत हुनुपर्ने आवश्यकता उत्तिकै छ । भविष्यको अनुशासित पार्टी र सक्षम नेतृत्व निर्माणको लागि नेपाली काँग्रेस सामु निकै ठूलो चुनौती रहेको छ ।
ः जनताको मन जित्ने गरी काम गर्नु काँग्रेसको प्रथम चुनौती हो । पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध टुटेको छ, यो पार्टीको इतिहास कायम गर्न सबै तहका नेतृत्व बढी सक्रिय हुनु आवश्यक छ । युवाहरूलाई पार्टीप्रति आर्कषित गर्दै उनीहरूको क्षमताको उपयोग गर्नु पर्ने अर्को सबैभन्दा ठुलो चुनौति रहेको छ ।
ः पार्टी सङ्गठनलाई देशका सबै स्थानीय तहका ६७४३ वडासम्म सङ्गठित र गतिशिल बनाई जनताको नजिक पु्र्याउनु पर्ने आवश्यकता छ । पार्टीका कार्यकर्ता लक्षित क्षमता अभिबृद्धिका कार्यक्रमहरु, नेतृत्व विकास तालिम, पार्टीको सिद्धान्त र लक्ष्यको बारेमा पार्टीको पक्षमा बहस गर्न सक्ने नेतृत्व उत्पादन गर्नु चुनौति रहेको छ ।
ः पार्टीप्रति आस्था र विश्वास राख्ने तमाम समर्थक, सुभचिन्तक र कार्यकर्ताहरूको क्षमताको भरपुर उपयोग गरी पार्टीको रुपान्तरण गर्नु पर्ने जरुरी उत्तिकै महत्वपूर्ण छ । पार्टीमा तीव्र गतिमा नेतृत्व विकास र पद हस्तान्तरण हुने व्यवहारिक परिपाटी विकास गर्नु काँग्रेसको समसामयिक चुनौती हो ।
ः पार्टी समर्थकहरू शुभचिन्तकहरू र सहयोगीहरू लगायत पार्टीका नेता कार्यकर्ताहरू बीच रहेको अनावश्यक गुटबन्दी हटाउने, निर्वाचनमा हुने अनुशासनहीनता अन्र्तरर्घात बन्द गर्ने तथा मतदानमा अनुपस्थिति हुने बेइमानी चरित्र सदाको लागि बन्द गर्नुपर्छ, नेता कार्यकर्ताहरूले जथाभावी रूपमा सार्वजनिक स्थान, चियापसल, जाँड भट्टीमा नेतृत्वको आलोचना गर्ने, मजबुत एकता र पार्टीका नेता र कार्यकर्ताबीच आपसी विश्वास र सम्मानमा देखिएको बिचलन निर्मुल पार्नु अत्यन्तै चुनौति देखिएको छ ।
ः काँग्रेसलाई जीवन्त, गतिशील र परिणाममुखी बनाउने चुनौती भावी नेतृत्व सामु खडा छ । बदलिँदो नेपाली समाज, परिवर्तित राजनीतिक वातावरण, नागरिक संजाल, भू–राजनीति अवस्था र पार्टीका अगाडि देखिएका चुनौतीहरूको सामना गर्न नेपाली काँग्रेसले निष्पक्ष तरिकाले समयानुकुल तर्क गर्न सक्ने कार्यकर्ताहरुको अभावको पूर्ति गर्न चुनौति देखिएको छ ।
ः नेतृत्वले पार्टीलाई लोकतान्त्रिक व्यवहार, आचरण, विधान र विधि अनुरुप चलाउनु पर्छ भने अर्कोतर्फ पार्टीलाई जनजनको पार्टी बनाउनु पनि छ, काँग्रेस पार्टीलाई देशको राजनीतिको अग्रपङ्क्तिमा खडा गर्न तुरुन्त निर्णय लिन सक्ने, नेतृत्व गर्न सक्ने, समन्वय गर्न सक्ने र पार्टीलाई रूपान्तरण गर्न सक्र्ने क्षमता भएको ईमान्दार नेतृत्वको अभाव पूर्तिगर्न चुनौति रहेको छ ।
ः पटक पटक निर्वाचन मात्र जित्नु पर्दछ भनेर भ्रष्ट्राचारमा मात्र तल्लिन हुने, धन द्यौलत मात्र थुपार्ने, रवाफ देखाउने, सधैं पद र पैसाको पछि लाग्ने बढी महत्वकाङ्क्षा राख्ने, कार्यकर्तालाई निर्वाचनमा मात्र प्रयोग गर्ने र निरंकुशता लादन खोज्ने प्रवृत्ति नेताहरुमा मौलाउदै गएको छ, ईमान्दार, बौद्धिक र क्षमतावान कार्यकर्तालाई पनि समान अवसर प्रदान गर्नुपर्दछ भन्ने राजनीति संस्कारको विजारोपन गर्न निकै ठूलो चुनौति रहको छ ।
ः मुलुकमा ठूल्ठूला राजनैतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने दल नेपाली कांग्रेस हो तर पनि युवा पिढीको आकर्षणको केन्द्र पार्टी बन्न नसक्नुलाई विडम्बना मान्नुपर्छ । जस्का कारण कांग्रेस बुढापाकाको मात्र पार्टी बन्नु र यसको अस्तित्व नै संकटमा पर्दै जानु अर्को चुनौति हो ।
नेपाली काँग्रेसमा देखिएका चुनौतीहरू सामना गर्न सबै नेता कार्यकर्ताहरुले निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।
१. प्रजातान्त्रिक प्रणालीमा राजनीतिक नेताको योग्यता त उस्को उमेरमा नापिदैन् र उमेरसँगै जीवनको मुल्यमा कुनै ह्रास पनि आउदैन तर नेतृत्वको पुस्ता हस्तान्तरण प्रजातान्त्रिक प्रक्रियाबाट हुने हुदाँ नेतृत्वमा अन्तर्निहित अग्रगामी सोच, क्षमता र क्रियाशीलता चाहिं आवश्यकता हुन्छ, नेतृत्व गर्नेले आफ्नो क्षमता, कार्यकुशलता आफ्ना कार्यकर्ता माझ देखाई उनीहरूको विश्वास र लोकप्रियता सदैब आर्जन गर्नुपर्दछ ।
२. पार्टी भित्र निकै बफादार र क्षमतावान कार्यकर्ता र व्यक्तित्वहरु प्रस्सतै छन् पार्टीको अधिवेसनमा आन्तरिक नेतृत्व चयन हुदाँ निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्दा वा प्रतिस्पर्धी हुदाँ आफ्नै साथीहरुलाई कम आकलन गर्ने, कर्के नजरले हेर्ने जस्ता क्रियाकलाप बन्द गरि उच्च प्रजातान्त्रिक राजनीति संस्कार देखाउनु पर्दछ जस्ले गर्दा पार्टी भित्र मात्र होईन अन्य पार्टीसँग चुनाव लड्दा समेत उच्च मनोबल कायम भै सफलता प्राप्तीमा सहयोग पुग्दछ ।
३. पार्टी भित्रको स्वच्छ निर्वाचन प्रणालीले मात्र नेतृत्व चयनलाई स्वतन्त्र र प्रतिस्पर्धात्मक बनाउँछ तर आर्थिक प्रलोभनमा पर्ने र पार्ने कारणले प्रतिनिधिको मतमा परिवर्तन गरि नेतृत्व हत्याउने र जित्ने हार्ने र हार्ने जित्ने हुन्छ यसको अन्त्य गराई स्वतन्त्र अभिमतले सक्षम र सबल नेतृत्व चयनमा नेतृत्व सदैव अग्रसर हुनुपर्दछ ।
४. नेताले गुट होइन नीति र योजना बनाउनु पर्दछ, नेतृत्व गर्न चाहने हरेक नेता देश, जनता र पार्टीको लागि नवीन भिजन लिएर प्रतिस्पर्धामा उत्रनु पर्दछ यसो भएमा स्वतः पार्टीमा नेतृत्वको सहज विकास हुन्छ ।
५. नेपाली काँग्रेस पार्टीको सर्वोच्च कार्यकारी पद (सभापति) मा लगातार वा पटक पटक गरी दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाउने काँग्रेसको वैधानिक व्यवस्था सँगै प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, तथा प्रदेशको मुख्यमन्त्री, प्रदेश सभा अध्यक्षपदमा निश्चित समय भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गरिनु पर्दछ ।
६. आजको युग परिवर्तनको युग हो । नेपाली समाजले नेपाली काँग्रेसको सदैब क्रियाशीलता र दूरदर्र्शी नेतृत्व खोज्दछ, बदलिदो परिवेश र अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न सक्ने नेता पार्टीमा भित्र्याउन नेतृत्व सधैँ तत्पर हुनुपर्दछ ।
७. पार्टीभित्र रहेका ईमान्दार, सबल, सक्षम र अनुसासित कार्यकर्ताहरुको सूची तयार गरि उचित भुमिका दिनु पर्दछ । साथै पार्टीका नेता कार्यकर्ताहरुलाई समय सापेक्ष देशको विकास निर्माणमा समेत सहभागी गराउनु पर्दछ ।
८. समय समयमा पार्टीका नेता कार्यकर्ता केन्द्रित क्षमता अभिबृद्धि, प्रशिक्षण र राजनीतिक कार्यक्रमहरु संचालन गर्नु गराउनु पर्दछ । पार्टीमा देखिएका समस्याहरुको पहिचान तथा निराकरण गर्नको लागि जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरुको बीच अन्तरक्रियाका कार्यक्रमहरु संचालन र आवश्यक योजना बनाई अगाडी बढ्नुपर्छ ।
९. पार्टीका नेता कार्यकर्ता साथीहरुले अर्काको बारेमा पीएचडी गर्ने तथा आफ्नो बारेमा एसएलसी समेत पास नगर्ने जुन किसिमको परिपाटी (आफू केही नगर्ने अरुको मात्र कुरा काट्ने) को विकास भएको छ त्यो त्याग्नु आवश्यक छ । राम्रो कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्ने हो भने नेतृत्वलाई पनि विधि र विधान अनुरुप काम गर्न बाध्य पर्छ र समस्याको समाधान गर्न सजिलो हुन्छ ।
१०. जसरी पनि चुनाव जित्ने नाउँमा पछिल्लो समयमा राजनीति बिचार, सिद्धान्त केही नमिल्ने पार्टीहरुसँगको गठबन्धनले पार्टी संगठनमा ठूलो संकट निम्ताएको छ, गठबन्धन कै कारण सक्षम र ईमान्दार कार्यकर्ताहरुको पद खोसिएको छ यसका साथै समानुपातिक निर्वाचन प्रणलीको सुन्दर पक्षलाई बिर्सेर आफ्ना मान्छेहरुलाई स्थापित गराउने, सक्षम र सबल कार्यकर्ताहरुलाई पाखा लगाउने परिपाटीले संगठनमा ठूलै दरार उत्पत्र भएको छ यस्ता गतिविधि तुरुन्त बन्द गर्नु पर्दछ ।
निचोड,
परन्तु कांग्रेसको नेतृत्व नै आफ्नो मृत्यु पर्यन्तसम्म पार्टीको सिंहासनमा बस्ने परम्परा छ त्यो आफैमा समस्या हो, त्यतीमात्र होइन नेतृत्वका वाबजुद प्रत्यासी पनि अतीतको गौरवमय गाथा गाएरै पार्टीमा नेतृत्व लिने र भाग खोज्ने (६०÷४०) परिपार्टी छ त्यो झनै गलत छ । नेतृत्वले गरेका असल कार्यको प्रशंसा÷प्रचार र गलत कार्यको विरोध गर्ने नसक्ने दास प्रवृत्तिको कार्यकर्ताले त झनै पार्टीको संगठनलाई तहस नहस नै बनाएको छ । सदैब आफ्नो स्वार्थमा लाग्ने पदीय जिम्मेवारी बहन नगर्ने, तान्डव गतिविधि मच्याउने, नीति र विधि विपरितका कार्यहरु गर्ने÷गराउँने, ईमान्दार कार्यकर्ताको मानमर्दन हुदाँ समेत कहीकतै चुक्क नबोल्ने नेता र नेतृत्वले पार्टीलाई गति दिन सक्दैन् । यतीमात्र होईन यो पछिल्लो समय राजनीति सिद्धान्त, बिचार केही नमिल्ने पार्टीहरुसँगको झाङ्गिएको गठबन्धन साँस्कृतिकले संगठनमा ठूलो संकट निम्ताएको छ, गठबन्धनका कारण एकातीर सक्षम र ईमान्दार कार्यकर्ताहरुको पद खोसिएको छ भने अर्कोतीर पार्टीमा देखिएका भाइरस कार्यकर्ताहरुले पार्टीको संगठनलाई ध्वस्त बनाई रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणलीको सुन्दर पक्षलाई तिलाञ्जली दिदै आफ्ना मान्छेहरुलाई स्थापित गराउने, राजनीतिक पदहरुमा सक्षम र सबल व्यक्तिहरुलाई न्युक्ति दिनुको साट्टो आफ्नै मान्छेलाइ न्युक्ति दिने परिपाटीले संगठनमा दिन प्रतिदिन ह्रास आएको छ । भलै यी गलत कार्यहरुको न्यायोचित समाधान गर्दै आर्थिक, सामाजिक लगायत सुसाशन, सुरक्षा र जनमैत्री विकासमा समेत देखिएका चुनौतिहरुको समुचित ढंगले समाधान गर्दै देशमा कसरी आर्थिक र सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा नेतृत्व वर्गले काम गर्ने हो भने यो पार्टीलाई जनताको १ नंबरको पार्टी बनाउन सकिन्छ । हामी सबैलाई अवगतै छ नयाँ आएका शक्तिहरु कुनै राजनितिक सिद्धान्त, लक्ष्य र कार्ययोजना बोकेर आएका छैनन् ति देखिएका शक्ति पुराना दलहरुले मच्चाएको बबण्डर, दण्डहिनता, अनुसाशनहीनता, भ्रष्टाचार र अनियमितताको पराकाष्ठ मात्रै हो । यसमा नेपाली कांग्रेस पार्टीले समयमै सचेत भै माथि उल्लेख गरिएका तमाम कुराहरुमा तल्लो तहका नेता कार्यकर्ताहरु देखि माथिल्लो तहका नेतृत्व वर्ग र जनप्रतिनिधिहरुसम्मले सामुहिक प्रयास गर्ने हो भने यो पार्टीलाई जनताको पार्टी बनाउन सकिन्छ । यही सपना तमाम कांग्रेसका कार्यकर्ता साथीहरुमा हुनु पर्दछ । यसैमा हामी सबैको भविष्य सुनिश्चित रहेको छ । )लेखक ः नेपाली कांग्रेस विदुर नगर कार्यसमिति वडा नं १०का वडा सभापति हुनुहुन्छ) E-mail: [email protected]