
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वडा नं ५ मा रहेको कामरुदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सावित्री अर्यालसहितका शिक्षकहरु भर्ना अभियान सञ्चालन गर्ने क्रममा , तस्बिरः नुवाकोट पुकार साप्ताहिक
काठमाडौँ, वैशाख ३ गते । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेसँगै नुवाकोट जिल्लाका सामुदायिक विद्यालयका शिक्षहरु विद्यार्थी भर्ना अभियानका लागि सक्रिय भएका छन् । गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ देशभरका सबै सामुदायिक विद्यालयमा आइतबारदेखि अभियान सञ्चालन गरिएको हो । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।
बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेसगै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकराी, विद्यालयका प्रधानाध्यपाक तथा शिक्षकहरु ब्यानर बोकर विद्यार्थी भर्नाका लागि गाउँ गाउँ डुल्न थालेका छन् । पछिल्लो समय गाउँघरमा विद्यालय उमेरका बालबालिकाहरुको संख्या घट्दै जान थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष घट्दै जान थालेको छ । भएका बालबालिकाहरुलाई पनि गुणस्तरीय शिक्षाका नाममा शहर बजारमा रहेका बोडिडं स्कुलहरुमा भर्ना गर्न थालेपछि गाउँघरका विद्यालयमा भने विद्यार्थीकोअभावहुँदै गएको छ ।

विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको कामरु माविका प्रधानाध्यापक साबित्री अधिकरीले यस वर्ष कक्षा देखि ९ सम्म एक सय भन्दा बढि विद्यार्थी भर्ना गर्ने लक्ष्यकासाथ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । उहाले आफ्ना विद्यालय जाने उमेर समूहका बालबालिकालाई विद्यालय पढाउने वातावरण तथा समामा सचेतनाका लागि पनि अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो । नुवाकोट जिल्लाको बेलकोटगढी नगपालिका वडा नं ५ मा रहेकोउक्त विद्यालयमा हाल ४ सय विद्यार्थी अध्ययनर रहँदै आएका छन् । सरकारले पाँच वर्ष उमेर पूरा भएका बालबालिका विद्यालय भर्नाका लागि उपयुक्त मान्ने गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ ।
भर्ना अभियान अन्तर्गत वैशाखको पहिलो साता नियमित भर्ना गराउने तथा दोस्रो साताभित्रमा घरदैलो अभियान सञ्चालन गरेर भर्ना हुन छुटेकालाई भर्ना गराउन प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गरिने छ । अभियान सफल बनाउनका लागि स्थानीय तहहरुले नेतृत्व लिए मात्रै सरकारले आफ्नो अभियान सफल बनाउन सक्ने भन्दै सरोकारवालाहरुले जोड दिदै आएका छन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई पनि आह्वान गर्नुभएको हो । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।
सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ । सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताउनुभएको छ ।
विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गर्नुभएको छ ।