
विदुर । नुवाकोट जिल्लाको ककनीबाट हत्या आरोपमा एक जना मानि पक्राउ परेका छन् । ककनी गाउँपालिका वडा नं ०२ ठुलोचित्रेका ६५ वर्षीय डम्बर बहादुर तामाङले आफ्नै घरमा बस्दै आएका ३० वर्षीय मंगले तामाङलाई धारीलो हतियार खुर्पा समेतले घाटीमा प्रहार गरी कर्तव्य गरी मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको जनाएको छ ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खटीई घटनामा शंकास्पद रहेका डम्बर बहादुर तामाङलाई ठुलोचित्रे स्थित निजकै घरबाट पक्राउ गरि कानुन अनुसार प्रारम्भिक अनुसन्धानको कार्य भईरहेको प्रहरी कार्यालयले जारी गरेको प्रहरी नायव उपरिक्षक तिलक रुवालीले जारी गर्नुभएको प्रेस नोटमा जनाइएको छ । के कारण घटना भएको भन्ने बारे भने प्रहरीले अनुसन्धान पछि मात्रै थाहा हुने भन्दै घटनाको तथ विवरण उपलब्ध गराएको छैन ।