
प्रतियोगि टिमलाई भलिबल हस्तान्तरण गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ः तस्बिर, नुवाकोट पुकार
नुवाकोट । नुवाकोट जिल्लाको म्यागड. गाउँपालिकाले आयोजना गरेको बागमती प्रदेश स्तरिय अन्र्तरपालिका पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शुक्रबार एक कार्यक्रमकाबीच खेलको उद्घाटन गर्नुभएको थियो । म्यागङ गाउँपालिका ५ सामरी भञ्ज्याङमा आयोजना भैरहेको प्रतियोगितको मुख्य आयोजक म्यागङ गाउँपालिका तथा सह आयोजक म्यागङ गाउँपालिका युवा क्लब रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले खेलकुद मानव जीवनका लागि अत्यन्तै महत्पूर्ण रहेको भन्दै बेला बेला हुने यस्ता प्रतियोगितामा आम रुपमा खेलकुदप्रतिको आस्था र विश्वास बढाउने उल्लेख गर्नुभयो । गाउँपालिका उपाध्यक्ष सिता तामाड.को सभापतित्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता जगदीश्वरनरसिंह केसीले पालिकाले प्रदेशस्तरीय खेलकुद आयोजना गरेर महत्पूर्ण काय रहेको बताउनुभयो । कार्यक्रममा खेलकुदकर्मी, राजनीतिकर्मी, स्थानीइ बुद्धिजिवि, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आयोजकहरु गाउँपालिकाका अनुसार प्रतिगोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमलाई ३ लाख ३ हजार ३ सय३३ रुपयाँको पुरस्कार प्रदान गरिने छ । यस्तै दोस्रो हुनेलाई २ लाख २ हजार २ सय २२ र तेस्रो हुनेलाई ५० हजार ५ सय ५५ रुपयाँ राखिएको छ भने सान्त्वा पुरस्कार स्वरुप २५ हजार ५ सय ५० प्रदान गरिने छ । नुवाकोट जिल्लामा पहिलो पटक भलिबल प्रतियोगितामा यति ठुलो पुरस्कार राशीसहितको खेल प्रतियोगिता भएकोपहिलो पटक भएको आयोजकले बताएका छन् । प्रतियोगिताको सबै जिम्मेवारी क्बलले लिएको छ । यसअघि विदुर नगरपालिका, पञ्चकन्या गाउँपालिकाले पनि यस्तै प्रकारका खेलकद प्रतियोगिता आयोजना गरेको थियो । विदुर नगरपालिकाले फुटबल पतियोगिता आयोजना गरेको थियो ।