
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोट विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । नुवाकोट जिल्ला अदालतको २०७२ साल असोज १९ गतेको फैसलाले १ वर्ष ११ महिना ६ दिन कैद एवं दुई हजार रुपैया जरिवाना तोकिएका विगत ९ बर्ष देखि फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादी लिखु गाउँपालिका वडा ०६ का ३० वर्षीय शरण डंगोल रहेका छन् । काठमाडौंमा लुकिछिपी बसि रहेको सुचना प्राप्त भएसँगै वैशाख ७ गते बिहान काठमाडांै बालाजु एरियावाट पक्राउ गरी नुवाकोट ल्याइएको र उनलाई अदालतमा बुझाइने तयारी रहेको बताइएको छ ।
यस्तै प्रहरीले जारी गरेको अर्को प्रेस नोट अनुसार नुवाकोट जिल्ला अदालतबाट फैसलाले १ महिना १० दिन कैद र एक हजार जरिवाना तोकी फरार रहेको चोरी मुद्दामा फरार रहेको किस्पाङ गाउँपालिकाका १९ वर्षीय निरन तामाङलाई पनि पक्राउ गरि कार्यालयमा ल्याएको जनाइएको छ । उनीहरु दुवैलाई भोलि आइतबार जिल्ला अदालतमा पेश गरिने पनि प्रहरीले जारी गरेको प्रेस नोटमा जनाईएको छ ।