
तस्बिर , विष्णु रिमालको फेसबुकबाट
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी शनिबार बैठकको शुभारम्भ गरेका हुन्।
ललितपुरको गोदावरीमा आयोजना भएको बैठकमा अध्यक्ष ओलीले आफनो राजनीतिक प्रतिवेदनमा एमालेले विगतको केही समय कठिन राजनीतिक अवस्था पार गरेर असहले सहज रुपमा आइपुगेको उल्लेख गरेका छन् । यस्तै अध्यक्ष ओलीले एमालेको आफ्नो नीति र विचारमा अडिन रहेको पनि उल्लेख गरेका छन्
महाधिवेशनपछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ। बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन्। बैठक भोलिसम्म सञ्चालन हुनेछ।