
१४ वैशाख, काठमाडौं । घाँसे दोहोरी गायनमा निकै लोकप्रियता कमाएका नुवाकोटका एक गायकको निधन भएको छ । घाँसे दोहोरीमा निकै चर्चा कमाएका नुवाकोटका दलबहादुर डङ्गोलको निधन भएको छ । डंगोलको आज शुक्रबार साँझ काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

पारिवारिक सदस्यका अनुसार गायक डंगोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो । हृदयघात भएपछि अस्पताल लगिएका डंगोलको अस्पतालले मृत्य भएको जानकारी दिएको छ । उनको आजै पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ ।
गायक डङ्गोलको निधनले लोक गायनको क्षेत्रमा ठूलो क्षति पुगेको लोकसंगीतका जानकारहरूले बताएका छन । डंगोल पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित थिए । डंगोलका दर्जनौँ गीत भाइरल रहेका छन् । उनलका गित सुन्न मानिहरु निकै उत्साहित समेत हुने गरेका थिए । कुनै बेला ररत्नपार्कमा गित गाएर समेत घाँसे गितको प्रचार गरिन्थ्यो ।