
नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका केशव खड्का मतदान गर्दै, तस्बिर, सामाजिक सञ्जाल
फिक्कल । आज दुई क्षेत्रमा उपनिर्वाचन भैरहेको छ । नुवाकोट पुकारलाई प्राप्त जानकारी अनुसार इलाम क्षेत्र –२ मा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको छ ।

सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेलाई उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको छ ।
उक्त क्षेत्रमा कुल चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।शनिबारको दिन १९ जना चुनावी मैदानमा छन् । १९ जनाको भविष्य मतदाताले निर्धारण गर्दैछन् । अर्को प्रदेश निर्वाचन क्षेत्र बझाड.मा पनि शान्तिपूर्ण रुपमा नै सञ्चालन भैरहेको बताइएको छ ।१९ जना उम्मेदवार मैदानमा रहेपनि कसले बाजी मार्ला भन्ने विषयमा चासो बढिरहेको छ । तर मुख्य रुपमा निर्वाचन भने नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच भएको बुझिन्छ ।