
६९ औं वर्षमा प्रवेशको अवसरमा गभर्नर महाप्रसाद अधिकारी आफ्नो मन्तव्य राख्दै, तस्बिर नुवाकोट पुकार
काठमाडौं । नेपाल राष्ट्र बैंक शुक्रबार अर्थात वैशाख १५ गतेबाट स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औं वर्षमा प्रवेश गरेको छ । वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा लागि स्थापना भएको बैंक नेपाल सरकारको एक महत्वपूर्ण आर्थिक सहयोगी तता सल्लाहकार निकाय हो ।

६९ औं वर्षमा प्रवेशको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकिङ प्रणालीमा कर्जा असुलीमा दबाब रहेको बताउनु भएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार बैंक प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गभर्नर अधिकारीले सो कुरा बताउनु भएको हो । उहाले कर्जा असुली दबाबमा परेको कारण बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढेको बताएका हुन् ।
‘आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असूली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कूल कर्जाको ३।७३ प्रतिशत पुगेको छ’ उहाले भन्नुभयो । कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२।४४ प्रतिशत रहेकोले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेकोउहाको भनाई थियो ।
मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको भन्दै गभर्नर अधिकारीले खुशी व्यक्त गर्नुभयो । करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनको अनुमान छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएको उहाको भनाई थियो ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनको मस्यौदा सरकार समक्ष पेश गरिसकेको भन्दै गर्भनर अधिकारीले विदेशी विनिमयको ऐन २०१९ भुक्तानी तथा फरसौट ऐन २०७५ र विनियमय अधिकार पत्र ऐन २०३४ मा पुनरावलोकन गरि संशोधन मस्यौदा तर्जुमा कार्य अगाडि बढाइएको उल्लेख गर्नुभयो ।