
वैशाख १५ बुधबार काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको दावी गर्नुभएको छ । कांग्रेसले रास्वपा सभापति समेत रहनु भएका गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री बनाउन अफर गरेको भनेर एमाले र माओवादीले भनिरहेका बेला कांग्रेसका तर्फबाट नेता केसीले पहिलो पटक मुख खोल्दै आफूहरुले कुनै अफर नगरेको दावी गर्नुभएको हो ।


शनिबार बिहान कांग्रेस नुवाकोट काठमाडौं सम्पर्क समितिको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता केसीले नयाँ पार्टीहरु राम्रा होलान भनेर ठानेपनि उनीहरुले कुनै नयाँ काम नसकेको आरोप पनि लगाउनुभयो । उहाले भन्नुभयो, अहिले नयाँ पार्टी आएर हामी डराउनुपर्ने आवश्यक छैन,म त चाहन्थे नयाँ पार्टीहरू राम्रा हुन् त्यसले हामीहरुलाई पनि काम गर्न बाध्य बनाउन् तर उहाँहरू त भ्रष्टाचार भ्रमको कुरा गरिरहेका छन्। तागत भए कुन नेताले प्रधानमन्त्रीको अफर ग¥यो त्यो देखाउनुस्, मैले बुझेसम्म हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं। त्यसैले भ्रम र झुटका कुराहरू गरेर त्यो भ्रममा पर्न आवश्यक छैनजस्तो नभएको दावी गर्नुभयो ।

पूर्व मन्त्री समेत रहनु भएका नेता केसीले सबै कम्युनिष्टहरू मिल्दा केही गर्न नसकेको कांग्रेसलाई नयाँ दलको भ्रमबाट कांग्रेस विचलित हुनुपर्ने आवश्यकता नभएको दावी समेत गर्नुभयो । नुवाकोट काठमाडौं सम्र्पक समितिका सभापति पद्यमराज पौडेललको सभापत्विमा भएको कार्यक्रममा कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिता मिजारले कांग्रेसलाई चौतर्फी घराबन्दी गर्न खोजिएपनि कांग्रेस कमजोर हुने दावी गर्नुभयो । उहाले कांग्रेसभित्र एकता हुनुपर्नेमा जोड दिँदै कांग्रेस एक भए देशले पनि विकास गर्न सक्ने दावी गर्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता जगदीश्वनरसिंह केसीले कांग्रेसलाई कसैले पनि कमजोर बनाउन नसक्ने दावी गर्दै कांग्रेस आफैसँग डलाउनु पर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, कांग्रेसलाई कसैले कमजोर बनाउन सक्दैन तर हामी आफ्नैसँग डराउनुपर्ने अवस्था छ, यसको अन्त्य भए कांग्रेस सँधै पहिलो दल बन्छ ।
कार्यक्रममा नेपाली कांग्रेसका कांग्रेस पूर्व जिल्ला सचिव सुरेन्द्रराज अधिकारी,क्षेत्रीय सचिव जगदीश कुईकेल, कांग्रेस नेता श्रीप्रसाद सापकोटा,नेता नायारण पाण्डे,कांग्रेस युवा नेता निरञ्जन थापा,महिला नेतृ भवानी देवकोटा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सञ्जिव गुरुड.सहितकाले आ आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । कार्यक्रममा नुवाकोटबाट काठमाडौं बसोबास गर्ने कांग्रेस समर्थहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसको अर्को पक्षले नुवाकोटमा कार्यक्रम आयोजना गरेका कारण उक्त पक्षका नेता कार्यकर्ताको भने उपस्थिति थिएन ।