
विदुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले कांग्रेसलाई गाली गर्ने प्रवृत्ति कांग्रेसमा नभएको बताउनु भएको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ को क प्रदेशले शनिबार विदुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले आफूलाई केसी पक्षले बेला बेला गाली गरिरहेको विषयमा संकेत गर्दै यस्तो बताउनु भएको हो ।

पार्टी प्रवक्ता डा. महतले नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुखले आफूलाई बजेट बनाउने विषयमा अर्थमन्त्रीले नबोलाएको भनेर सार्वजनिक मञ्चबाट नै गुनासो गरेपछि त्यसको जवाफमा भन्नुभयो, के तपाई मलाई मेरो पालिकामा यति बजेट छ अब यति गर्नुपर्यो भनेको म कहाँ आएको भएपनि हुन्थ्यो नि ? किन आउनु भएन सबै मलाई त थाहा हुँदैन नि ? उहाले आफूलई बजेटका विषयमा जति सूचना आए र साथीहरुले भने त्यो अनुसार बजेट व्यवस्थापन गरेको दावी गर्नुभयो । डा महतले कांग्रेस नेता अर्जुननरसिंह केसीले बजेट बनाउने बेलामा आफूलाई नबोलाएको भनेर विरोध गर्नुभएको विषयमा पनि प्रष्टिकरण दिँदै भन्नुभयो, मैलै अर्जुनदाईलाई फोन गरेर सोधेको हुँ तर उहाले नै हेरेर गर भन्नुभयो, अहिले उहाबाट नै मेरो क्षेत्रमा बजेट नहालेको भनेर विरोध गरेको सुन्छु मलाई अचम्म लाग्छ ।


यस्तै नेता महतले उहाले भन्नुभयो, मैले मध्यपहाडीखण्डको उक्त खण्ड सुनिश्चित हुनुर्यो भनेर भनेको छु । म समग्र नुवाकोटको विकास चाहान्छु, मलाई कुनै क्षेत्र भनेर भनेर लाग्दिन । उहाले आफ्नो पहिलो प्राथमिकता भनेको कांग्रेस पार्टी बलिया बनाउनु रहेको दावी गर्नुभयो । पूर्व अर्थमन्त्री डा. महतले आफू मन्त्री मन्त्रीबाट हड्दा कांग्रेसका नेतृत्वकै मानिसका परिवारबाट आफूले केही मगर्न नसकेको भनेर हितबहादुर जि मन्त्री हुँदा बधाई दिएको स्मरण गर्दै तपाईबाट पूरा होस् भनेर शुभकामना दिएको प्रति पनि गुनासो गर्नुभयो । स्मरणीय छ, सामाजिक सञ्जालमा उक्त कूरा कांग्रेसका एक जिम्मेवार कार्यकर्ताले लेखेका थिए । उहाले भन्नुभयो, मलाई भन्दा कांग्रेसले काम गरेको भन्दा आफू खुशी हुने उल्लेख गर्नुभयो । महतले यस्ता क्रियाकलापले जनता दुविधामा पर्ने भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गर्नुभयो । उहाले यस्त टिप्पणीले कांग्रेसलाई ठुलो घाटा हुने उल्लेख गर्नुभयो । महतले पार्टीलाई एकतावद्ध बनाउन सँधै पार्टीका नेता कार्यकर्ताको साथमा रहने विश्वास व्यक्त गर्नुभयो । उहाले सार्वजनिक ठाउँमा गएर आफ्नो पार्टीको विरोध गर्न नहुने पनि दावी गर्नुभयो ।
पूर्व अर्थमन्त्री डा. महतले क्षेत्र नं २ मा बजेट नहालेको भन्ने विषयमा पनि आफ्नो धारणा राख्दै भन्नुभयो, यस क्षेत्रमा प्रदेशका अर्थमन्त्री भएकाले हामीले धेरै काम सल्लाह अनुसार गरेका छौं । मैले संघबाट पनि हालेको छु र प्रदेशबाट पनि परेको छ । उहाले विदुर नगरपालिकामा ढल व्यवस्थापनमा ७० करोड बजेट हालेको स्मरण गराउनु भयो । नेता महतले ककनी रानीपौवा र पिपलटारसम्मको बाटोमा बजेट निर्माणका विषयमा पनि प्रष्ट पार्दै प्राविधिक कारणबस त्यस्तो भएको भन्दै बाटो बनाउने विषयमा आफू गम्भीर भएको दावी गर्नुभयो । उहाँले बालाजुबाट पैतिस किलोसम्म बाटो बन्ने सम्भावना रहेको दावी गर्नुभयो । उहाले आफू मन्त्री नभएपनि आफ्ुनो पहुँच र प्रभावका विषयमा उक्त बाटो निर्माणका लागि पहल गरिरहेको विश्वास दिलाउने प्रयास गर्नुभयो । नेता महतले भन्नुभयो, म नभए पनि प्राथमिकताका आधारमा नुवाकोटको विकासमा लाग्छु । उहाले मध्यपहाडी राजमार्गका विषयमा त्रिशुली पारीबाट सामरीभन्ज्याड.सम्मको बाटो रोकिएको विषयमा प्रष्टिकरण लिएको जानकारी दिनुभयो । उहाले कांग्रेस एक भए जोजो मिले पनि कांग्रेसलाई हराउन नसक्ने दावी गर्दै कांग्रेस सँधै बलियो शक्ति बन्ने दावी गर्नुभयो ।

प्रधानमन्त्री नुवाकोटमा आएको बेला पाँच करोड भन्दा बढि बजेट खर्च गर्न स्थानीय तहलाई दिएको कुरा गरेर अल्मलाएको आरोप लगाउनुभयो । उहाले कांग्रेससँग गठबन्धन तोडिनु पर्ने विषयमा आफ्नो नाम लिएकोप्रति असन्तुष्टि दोहोर्याउँदै भन्नुभयो, मैले जति काम गरे त्यो सबै पार्टीको पक्षमा गरे, त्यो हाम्रो अर्थात कांग्रेसको उपस्थितिका कारण सम्भव भएको हो । उहाँले लगानी सम्मेलनका विषयमा आफूले धेरै तयारी गरेको भन्दै कांग्रेस नेतृत्वमा भएको समयमा धेरै विश्वास गरेको दावी गर्नुभयो । नेता महतले अन्तराष्ट्यि समुदायले कांग्रेसलाई मात्रै भरोसा गर्ने गरेको उल्लेख गर्नुभयो । वर्तमान गठबन्धन धेरै समय नटिक्ने दावी गर्दै नेता महतले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने दावी गर्नुभयो । उहाले त्यसका लागि कांग्रेस एकतावद्ध हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
सहकारीका विषयमा नयाँ पार्टीहरु मुछिएको दावी गर्दै नेता महतले संसदीय छानविन समिति बनाउन अस्वीकार गरेको विषयमा कांग्रेसले एकतावद्ध भएर त्यसमा पार्टीको ध्यान खिच्नु पर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ को प्रदेश क का सभापति बैकुण्ठबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले नुवाकोटको विकासमा आफूले धेरै काम गरेको स्मरण गराउनु भएको थियो । उहाले पार्टीका विधान र विधि अनुसार चल्नुपर्ने भन्दै वडा तहमा प्रतिनिधि समेत गुटमा लागेर आआफ्नो मान्छे खोज्नका लागि नेतालाई सोध्ने काम बन्द गर्नुपर्दछ । स्थानीयतहमा रहनेहरुले पार्टीका को सक्रिय छ, को छैन भनेर रेकर्ड राखेर निर्वाचनमा टिकट दिने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति रमेश, महत, पूर्व जिल्ला सभापति धुर्वअधिकारी, पार्टी उपसभापति राजु थापा, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ,क्षेत्रीय सभापति जगत लामा लगायतका नेताहरुले कांग्रेसभित्रको एकताको पक्षमा बोलेका थिए । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा पार्टीका प्रदेशस्तरका प्रतिनिधिहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रमा कांग्रेस केसी पक्षले भने कार्यक्रम व्यवस्थापनको विषयलाई लिएर सहभागि नजनाउने यसअघि नै सूचना दिएका कारण उक्त पक्षका नेता कार्यकर्ता भने केही मात्रै सहभागि भएका थिए ।