‘जेनजी’ आन्दोलन भड्काउन भूमिका खेलेको आरोप, विभिन्न चर्चित व्यक्तिमाथि अनुसन्धान सिफारिस

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार १६:३८

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोग ले ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।


‘जेनजी’ आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनसम्बन्धी घटनाको अध्ययन गर्न आयोगले यसअघि आयोग सदस्य लिली थापा को संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गर्दै केही सामाजिक सञ्जालकर्मी, युट्युबर तथा सार्वजनिक व्यक्तिहरूमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको हो।


प्रतिवेदनमा युट्युबरहरू भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय तथा रवि किरण हमाल को नाम उल्लेख गरिएको छ।
यस्तै, चलचित्र निर्देशक निश्चल बस्नेत माथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको आयोगले जनाएको छ।

प्रतिवेदनअनुसार ती व्यक्तिहरूका अभिव्यक्ति तथा सामाजिक सञ्जाल गतिविधिले प्रदर्शनलाई थप उत्तेजित बनाउन भूमिका खेलेको आशय उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *