
इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना भइरहेको छ ।

अहिलेसम्म कुल पाँच हजार ८३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले दुई हजार पाँच ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसका डम्मर खड्काले दुई हजार एक ९७ मत, रास्वपाका मिलन लिम्बुले ३७९ मत, स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिनले ५९३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय इलामले जनाएको छ ।
इलाममा कुल ६९,२८७ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।