
इलाम ।इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
इलाम २ उपनिर्वाचन मतगणना अपडेट
मतगणना सम्पन्न वडा-१०
स्थानिय तह- फाकफोकथुम गांउपालिका का सवै वडा र चुलचुलि-१,२,३,४,५ को
कूल खसेको मत १८९४८
बदर मत २३३
जम्मा:- मतदान-६९,२८७/=
१ सुहाङ नेम्बाङ (सुर्य) ७६७७
२ डम्बर बहादुर खड्का (रुख) ५३९५
३ डकेन्द्र सिंग थेगिम (मुढा) ४०५८
४ मिलन लिम्बु (घण्टी ) ११६२
रेडियो नेपाल