
रास्वपाले जमानतनै जफत
शुकदेव दाहाल
विदुर । मुलुकका प्रमुख राजनीतिक दलहरुप्रति आम जनताको विश्वास घट्दै गैरहेको भन्ने चर्चाकाबीच इलाम – २ मा र बझाड.मा भएको उपनिर्वाचनको परिणामले भने त्यसलाई अस्विकार गरिदिएको छ । नयाँ शक्तिको रुपमा उदाएको राष्ट्यि स्वतन्त्र पार्टीका पक्षमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट पनि निकै प्रचार प्रसार भएपनि आम इमालबासीले भने पुरानै राजनीतिक शक्तिलाई रोजेका छन् । यसले पुन ः एक पटक नेपालका पुराना दलहरु नै देश र जनताका लागि काम गर्न लायक छन् भन्ने देखाएको छ । गत वर्ष भएको निर्वाचनमा पुराना दलहरुलाई केही सवक सिकाउँदै नयाँ दल रास्वपालाई झण्डै १० लाख जनताले मत दिएको भएपनि इलाम उपनिर्वाचनको परिणामलाई हेर्दा भने नयाँ दलप्रति पनि जनमत घटेको देखिन्छ । इमालमा रास्वपाक उम्मेदवारको जमानत समेत जफत भएको छ । इलामबाट प्राप्त समाचार अनुसार निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित हुनुभएको थियो । सुहाङसँगै चुनावी मैदानमा रहनुभएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाउनुभएको छ । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ । इमालमा नेपाली कांग्रेस दोस्रो भएको छ । कांग्रेसभित्रको केही आन्तरिक विवादका बीच स्वतन्त्र उम्मेदवारले केही मत थप्न सफल भएको इमालबाट प्राप्त केही सूचनाहरुले दिएको छ ।
कांग्रेसका कतिपय नेताहरु समेत स्वतन्त्र उम्मेदवारको पक्षमा भित्री रुपमा लागेको भन्दै कांग्रेसभित्र समेत बहस भएको कांग्रेसका एक नेताले नुवाकोट पुराकारलाई टेलिफोनमा बताएका छन् । तर पनि कांग्रेसले आफ्नो मतलाई शानदार रुपमा सुरक्षित राख्न सफल भएको छ । खड्काले झण्डै २२ हजार मत ल्याउनु भनेको कांग्रेस जनमतमा कमजोर छैन भन्ने देखिएको छ । उक्त क्षेत्रमा नेपाली राजनीतिमा नाम कमाएका नेता स्वर्गीय सुवाचन्द्र नेम्वाड.का छोरा निर्वाचन लडेको हुनाले उहाको स्मरणमा पनि केही मत सान्त्वनास्वरुप प्राप्त भएकाले यसलाई अन्यथा भन्ने मिल्दैन । यस अर्थमा मुलुकका दुई शक्ति नै नेपाली जनताको रोजाईमा परेको स्पष्ट हुन्छ । यस्तै बझाड.मा पनि एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् । उता उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
मङ्गलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।