
विदुर । नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगारमुलक तालिम सञ्चालन गर्ने भएको छ । आफ्नो २४ औं स्थापना दिवसका अवसरमा सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तरगत स्वरोजगारमुलक तालिम सञ्चालन गर्न लागेको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।


उहाका अनुसार सहकारीका शेयर सदस्यहरुको परिवारबाट एक जनाले तालिम लिन पाउने छन् । यस्तै सदस्यले तालिमका लागि आफू सहभागि नभएको खण्डमा परिवारका तर्फबाट छोराछोरी मध्ये एक जनालाई तालिममा सहभागि गराउने सकिने व्यवस्था गरिएको छ ।
मुख्य रुपमा एसइई दिएर बसेका विद्यार्थीरुलाई सहकारीले बढि जोड दिएको छ । सहकारीले जारी गरेको सूचना अनुसार प्लम्बर तथा इलेक्ट्सििियन,ब्युटिसियन तथा बुटिक,इलोक्टेनिक्स् तालिम( फ्रिज,ए.सी.,वासिड. मेसिन) को तालिम प्रदान गरिने छ । तालिमका लागि आवश्यक कागजातसहित सहकारीको कार्यालय त्रिशुलीमा ३० दिन भित्र सम्र्पक राख्नका लागि सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।
सहकारीले तालिममा सहभागि हुनका लागि आवश्यक शर्तहरु पूरा गर्नुपर्ने पनि सूचनामा उल्लेख गरेको छ । सर्त अनुसार तालिमका लागि सहकारीका सेयर सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था रहेको सहकारीका प्रवन्धक हरिशचन्द्र अमात्यले जानकारी दिनुभयो । उहाले ३० दिनभित्र प्राप्त आवेदनका आधारमा छनोट गरिने जानकारी दिनुभयो । सअघि सारेका अन्य सर्तहरुमा १६ वर्ष पूरा गरि ४५ वर्ष ननाघेको हुनुपर्ने, शेयर सदस्यले ऋण भुक्तानी गरेको हुनुपर्ने, नियमित बचत गरेको हुनुपर्ने लगायतका रहेका छन् ।
यस्तै तालिममा सहभागि हुनका लागि दिने आवेदनमा दुईप्रति फोटो, शेयर सदस्यको प्रमाणपत्र,नागरिकताको प्रतिलिपिसहित अनिवार्य फाराम भनुपर्ने उल्लेख गरिएको छ । फाराम भरेकाहरुमध्येबाट अन्तरवार्तामार्फत छनोट गरिने सहकारीले जनाएको छ । त्रिशुली बजारमा रहेको उक्त सहकारी नुवाकोट जिल्लाकै एक अग्रणी सहकारी हो । उक्त सहकारीले जिल्लाको अन्य स्थानीय तहमा पनि शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था अनुसार बेलकोटगढीको महादेवफाँटमा सदस्यता सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सहकारीमामा दुइ हजार भन्दा बढि बचतकर्ता रहेका छन् ।