
शुकदेव दाहाल
पार्टी स्थापनाको छोटो समयमा नै नेपालको राजनीतिमा चौथो दलको रुपमा स्थापित भएको राष्ट्यि स्वतन्त्र पार्टीलाई यतिखेर इलामेली जनताले भने अस्विकार गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा कुन पार्टीप्रति जनताको विश्वास छ,वा जनताले मन पराएका छन् भन्ने कुराको छिनोफानो निर्वाचनले गर्दछ । निर्वाचनमा पहिलो हुने दलले सत्ताको नेतृत्व गर्न पाउने पहिलो प्राथमिकता संविधानमा रहेको छ ।

तर हाम्रो मुलुकको राजनीतिमा भने जे जस्तो परिस्थिति पनि निर्माण हुने हुनाले यो व्यवहारमा लागू भएको छैन । तर पनि जनताबाट निर्वाचित भएका दलहरुले नै शासनसत्ता सञ्चालन गर्ने हुन । यहि आधारमा पार्टी स्थापना गरेको छ महिनापछि भएको निर्वाचनमा रवि लामिछानेले नेतृत्व गरेको रास्वपाले १० लाख मतदाताको मन जित्न सफल भएको थियो भने प्रत्यक्ष निर्वाचनमा पनि १० सिट ल्याउन सफल भएको थियो ।
राजनीतिक रुपमा यो उसका लागि धेरै ठूलो सफलता हो । यहि सफलताका आधारमा रास्वपा यतिखेर सरकार निर्माणका लागि महत्वपूर्ण भूमिकामा रहँदै आएको छ । त्यसैको बाबजुत सभापति रवि लामिछाने यतिखेर उपप्रधान र गृहमन्त्रीको जिम्मेवारीमा रहनु भएको छ । मुलुकमा पुराना दलहरुमाथि देश र जनताप्रति खासै काम गर्न नसकेको,देश झन आरालो लागेको, बेरोजगारी बढेको,भ्रष्टाचारका काण्डहरु मौलाएको जस्ता आरोपहरु लागिरहेका छन् । जनता वास्तविक रुपमा ठूला दलहरुप्रति सन्तुष्ट छैनन् । त्यसलाई ,क्यास, गरेर रास्वपाले जनताबाट अत्यन्त सम्मानित मत पाएको छ । यो पाँच वर्षका लागि हो ।
इलाममा भएको निार्वचन त केवल एक क्षेत्रको उपनिर्वाचन मात्रै हो । तर यहाँ उल्लेख गर्न खोजिएको कुरा के हो भने यसले पनि दलहरुको पछिल्लो अवस्थाको संकेत भने गर्दछ । सामाजिक सञ्जालमा रास्वपाको जुन ढंगलको प्रचार थियो त्यसले जनता सोही पार्टीका उम्मेदवारलाई मतदान गर्दछन् कि भन्ने जस्तो भान पारिएको थियो । तर पछिल्लो पटक भएको निर्वाचन र त्यसको परिणाम हेर्दा रास्वपाका उम्मेदवारले आफ्नो धरौटी फिर्ता पाउने सम्भावना पनि देखिएको छैन । यद्यपि यो पंति लेख्दासम्म परिणाम पुरा आइसकेको छ छैन । तर पनि हालको अवस्था हेर्दा त्यहि देखिएको छ । यसले रास्वपाप्रति पनि जनता विश्वस्त छैनन् भन्ने संकेत देखाएको छ । यसका धेरै कारणहरु छन् । ति मध्ये पहिलो सभापति लामिछाने सहकारी काण्डमा मुछिनु, दोस्रो ठुला दलहरुलाई गाली गरेर केही गरेनन् भन्ने सभापति लामछिाने सत्ताका लागि उनै दलहरुसँग मिसिन जानु, तेस्रो बोलेका कुरा पूरा गर्न नसक्नु नै हो ।
जनताले तत्काल यहि विषयहरुबाट रास्वपालाई पनि ,जुन जोगी आए पनि कानै चिरेका,भन्ने ठानेका हुनसक्छन् । मुलुकका ठुला दलहरु जसले केही गरेनन् भन्नेहरुलाई पनि थाहा छ, देशलाई लोकतान्त्रिक गणतान्त्रिक बाटोमा ल्याउन ठुलो सघर्ष गरेका छन् । जनतामाथि उनीहरुले काम गर्न सकेका छैनन् होला,तर जनताको मतलाई आत्मसाथ गरेर सँधै देश र जनातका पक्षमा इमान्दार भएर लागिरहेका छन् । उनीहरुसँग विचार छ, शिद्धान्त छ र देशभर जनतासँग जोडिएको नेता कार्यकर्ता छन् ।
समग्रमा भन्दा एउटा गहकिलो इतिहास छ । तर हिजो उदाएको पार्टी मात्र लहलहैमा उकासिएको छ । जसको न त मुहान छ न त अन्त्य हुने स्थान,उ यात्रा विहिन यात्री जस्तो केही फराकिलो बाटो देखेर दौडिरहेको मात्रै हो । तर त्यो बाटो कुनै ठुलो भिरमा पगेर अन्त्य हुन्छ कि भन्ने उसले सोचेको छैन । त्यहि कारण उसले पछिल्लो पटक इलामेली जनताबाट अस्विकृत हुनु परेको छ । जे होस् यो परिणामबाट नै रास्वपा पुरै कमजोर भयो भन्ने निश्कर्ष निकाल्न खोजिएको चाहि पककै होइन,तर जुन ढंगले खहरे खोला जसरी उदाएको थियो उसले देश र जनातका पक्षमा आफुलाई सहि ढंगले उभ्याउन सकेन भने आगामी निर्वाचन पनि रास्वपाको हातमा यस्तै परिणाम पर्न सक्छ भन्ने मात्रै चिन्ता हो । रास्वपाले यसको गम्भीर समिक्षा गरोस्