
सम्पादकीय
हरियो वन नेपालको धन भन्ने हाम्रो हाम्रो राष्ट्यि मान्यता रहेको छ । नेपाल यस्तै हरियाली वन जंगल, पाखा पखेराका कारण नै सुन्दर देशको रुपमा चिनिदै आएको छ । तर हामीले यसको सहि रुपमा सदुपयोग गर्न नसकेका कारण हाम्रा प्राकृतिक स्रोतहरु त्यसै खेर गैरहेका छन् र हामी सधैँ गरिबिको रेखामुनि नै आफ्नो जीवन यापन गर्दै आएको छौंँ् । सरकारी तथ्यांक अनुसार नेपालमा ४५.३१ प्रतिशत जमिनलाई वन क्षेत्रले ओगटेको छ । जसका कारण वन सम्पदामा नेपाल विश्वमै धनी देशको सूचीमा परिचित छ । नेपालको विकासमा वन महत्वपूर्ण आधार भए पनि यसलाई सहि रुपामा जोगाउन नसकेका कारण नै हरियो वन नेपालको धन भन्ने नारा नारामा नै सिमित हुँदै आएको छ ।
वन जंगलको संरक्षण र विकास हुन नसक्नु मध्येका धेरै कारणहरु छन् त्यस मध्येको एक कारण भनेको डढेलो न्यूनीकरण हुन नसक्नु नै हो । डढेलो मूलतः प्राकृतिक र मानवीय दुवै कारणबाट लागेको पाइन्छ । सरकारी रेकर्डमा उल्लेख भए अनुसार २०८१ साल सुरु भएयता ५० जिल्लाका वनक्षेत्रमा डढेलो लागेको छ । यसबाट वन जंगलमा रहेका रुख विरुवा, काठ लगायतका हाम्रा धेरै सम्पत्तिहरु जलेर नष्ट भएका छन् । मुख्य रुपमा गाउँघरमा के परम्परा रहेको छ भने जङ्गलमा आगो लगाउँदा पुरानो घाँस नष्ट हुने र नयाँ पलाउने आशाले पनि स्थानीय डढेलो लगाउन उद्दत हुन्छन् ।
डढेलो लागेपछिको जंगलमा पानी परेपछि नयाँ पालुवा पलाउने हुनाले यसलाई अनिवार्य जस्तो मानिन्छ । त्यो सँगै अझ मानिसले लापरबाही, असावधानी तथा नियतवश लगाउने पनि गरिएको छ । बाक्लो बाँसको झ्याङमा हावाहुरी लाग्दा हुने घर्षणबाट पनि आगो लागि अन्यत्र फैलिन सक्छ ।
कतिपय अवस्थामा बालबालिकाहरुले आफ्नो मनोरञ्जनका लागि समेत वनमा गएर आगो लगाईदिने गरेको पनि सुन्निछ । कतिपय अवस्थामा त वनजङ्गलको छेउछाउमा बसोबास गर्ने नागरिकले बाँदर, बँदेल, मुजुर जस्ता जङ्गली जनावर तथा पन्छी आदिबाट अन्नबाली जोगाउन भन्दै जानीजानी वनक्षेत्रमा आगो लगाउँछन् । त्यसै गरी डढेलो लागेपछि वर्षाले ल्याउने भलबाढीको पानी मलिलो हुन्छ भन्ने मान्यताले वनजङ्गलको छेउछाउमा बसोबास गर्ने नागरिकले हरुको पनि रहेको छ । यि सबैको एउटै कारण भनेको नागरिकमा सचेतनाको कमी हो ।
डढेलो नियन्त्रण गर्न सरकारले अझै प्राथमिकतामा राखेको पाइँदैन । नेपालको संविधानको अनुसूची–९ मा वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता विषय सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा उल्लेख छ । संवैधानिक व्यवस्था अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले डढेलो नियन्त्रणमा कठोर कदम चाल्नु पर्नेमा कुनै पनि सरकारको प्राथमिकता यो विषय परेको पाइँदैन । समुदायमा आधारित सामुदायिक वन उपभोक्ता समूहले समेत डढेलो नियन्त्रणमा चासो राखेको पाइँदैन । यसले गर्दा हरेक वर्ष डढेकोका कारण हामीले धेरै क्षति व्यहोर्नु परेको छ । यो क्रम यस पटक पनि दोहोरिएको छ ।
सरकारी संयन्त्रले मुख्य रुपमा जनचेतना मुलक कार्यक्रम गर्ने र आम रुपमा नै नागरिकलाई सचेत बनाउने हो भने डढेलोमा कमि आउने देखिन्छ । अर्कोतर्फ हामी नागकिरले पनि वन हाम्रो सम्पत्ति हो भन्ने बुझेर वन जोगाउनेतर्फ ध्यान दिनु जरुरी छ । वन रहे हामीले त्यसबाट भोलि फाइदा लिन सक्छौं । वन जंगल मौलाउनु भनेको प्राकृतिक रुपमा पनि हामीलाई धेरै फाइदा हुने गर्दछ । जहाँ वन जंगल मौलाएको हुन्छ त्यस वरिपरिका क्षेत्रहरु प्राकृतिक रुपमा पनि वायु प्रदुषणको प्रभाव कम हुन्छ, वन रहनुका धेरै फाइदा छन् । त्यसैले यसलाई डढेलोबाट जोगाउन सबै लागौं, हरियो वन हामी सबैको धन हो भन्ने बुझौं ।