विदुर । नुवाकोट जिल्लाको बेलकोटगढीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज साँझ पाँच बजेको समयमा बेलकोटगढी नगरपालिकास्थित वडा नं ८ र विदुर नगरपालिका वडा नं ४ जोड्ने सिर्खालीस्थित गल्छी त्रिशुली सडक खण्डमा अर्किड एकेडेमी बोर्डिङ स्कुलको बस घुमाउने क्रममा सोही दिशातर्फ जादै गरेका मोटरसाईकलहरु एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार काठमाडौं बस्ने अन्दाजी २७ वर्षीय रुविन रावल र २६ वर्षीय स्वीकार राणाको मृत्यु भएको छ ।
उक्त घटनामा घाइते भएका २७ वर्षीय रितिक तिवारी, २५ वर्षीय उपकार थापा , घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ । घाइते भएका चारैजनालाई उपचारका लागि त्रिशुली अस्पताल लगिएकोमा दुई जनालाई अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।
दुर्घटना भएको बा. ३ क ३७२२ नम्बरको बस र चालकलाई नियन्त्रणमा लिईएको जनाइएको छ । उनीहरु चारै जना कक्षा १२ को परीक्षा सकेर घुम्न गएको बुझिएको छ । अर्किडको बस भने विद्यार्थी पुर्याउन त्यस क्षेत्रा पुगेको थियो ।
प्रहरी स्रोतका अनुसार परीक्षा सकेर टोखा छहरेको बाटो हुँदै नुवाकोट आएको र गल्छी त्रिशुलीको बाटो हुँदै काठमाडौं जान लागेका थिए । तिब्र गतिमा आएका उनीहरु बस फर्काउन लाग्दा पनि आफूलाई नियन्त्रणमा राख्न नसकेपछि ठोक्किन पुगेका थिए ।