
काठमाडौं । व्यवस्थापिका संसदको बैठक बस्ने मिति नजिकिँद जाँदा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आयोजना गर्नुभएको छ ।


प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठकमा संसदमा विगतमा देखिएको गतिरोध समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ । आज सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको बैठकमा दलहरू आ–आफ्नै अडानमा उभिएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ ।
बैठकमा प्रमखु प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेकोले छानबिन बन्नुपर्ने कांग्रेसको पुरानो अडान कायम रहेको जानकारी गराउनु भएको थियो । उहाले भन्नुभयो, , ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ। राम्रो नेता प्रश्नले घेरिनुहुँदैन।
संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छजस्तो लाग्छ।’ छलफलमा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरोविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको प्रतिक्रिया दिनुभयो यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको जग हल्लाउने राजनीतिक उद्देश्यबाट कांग्रेसले माग राखेकाले छानबिन समिति नबन्ने अडान दोहोर्याउनु भएको थियो ।
संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ।नेताहरुले आआफ्नो पार्टीको धारणासहित कुरा राखेपनि संसद सञ्चालनका विषयमा भने केही चलक देखिएको राष्ट्यि स्वतन्त्र पार्टीका प्रवत्तf सन्तोष परियारले जानकारी दिनुभएको छ ।