
काठमाडौं । नेपालीहरुले जन्मदिनको अवसरमा पश्चिमा शैली अनुसार तामझाम गरेर मनाउने चलन बढिरहेका बेला एक युवाले भने जन्म दिनका अवसरमा विद्यालयलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बस्ने विरेन्द्र सहानीले आफ्नो जन्म दिनको अबसरमा विद्यालयलाई सहयोग गरेका हुन् । उनले गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थीत रहेको अरुणोदय माध्यमिक विद्यालयलाई २५ हजार नगद सहयोग उपलब्ध गराएका छन् ।
उक्त रकम विद्यालय ब्यबस्थापनका अध्यक्ष राजिव थापाको साथ विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङलाई हस्तान्तर गरेका थिए । हस्तान्तरण पछि बोल्दै अध्यक्ष राजिव थापाले यो रकम सही ठाउ“मा सदुपयोग हुने कुरा बताउनु भयो । सो अवसरमा प्रधानाध्यापक गुरुङले यस्ता सहयोगी हातहरुबाट आउँदा पनि सहयोग मिल्ने भन्दै उपस्थित सवैलाई धन्यबाद दिनुभएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ