
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत प्राप्त भएको छ । २६ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नियुक्तिको छैटौँ दिन सोमबार विश्वासको मत पाउनु भएको हो । कार्मीको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै पनि परेको छैन।
विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गर्नुभएको थियो संविधानको धारा १६८ ९५० बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभएको हो । केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्वमुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि प्रदेश प्रमुख खापुङले उनलाई अपदस्थ गरी हिक्मतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरपछि मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मत लिएपछि चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ । आजको उक्त बैठकमा कांग्रेसले भने बहिस्कार गरेको छ । यस्तै राप्रपा तथस्ट बसेको छ । कोशीमा राजनीतिक अस्थिरताका कारण सरकार परिवर्तन भैरहेको छ । जसले कोशी प्रदेशसभाले भनेजस्तो काम गर्न सकेको छैन । यसअघि कांग्रेसका केदार कार्की मुख्यमन्त्री हुनुहुनथ्यो ।