
काठमाडौं । संघीय संसदबाट सरकारको एक वर्षे कार्यक्रम सार्वजनिक गरिएको छ । आज मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र सरकारका महत्वपूर्ण र महत्वकाँक्षी कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा स्वरोजगारमुक कार्यक्रम, आत्मनिर्भर हुने कार्यक्रम, राष्ट्यि योजनाहरु विस्तार लगायतका रहेका छन् । सरकारको नीति तथा कार्यक्रम सरकारले शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा गरेको छ। हाल सरकारले त्रैमासिक रूपमा तलब दिँदै आएकोमा त्यसलाई परिमार्जन गर्ने घोषणा गरेको हो। समयमै तलब नपाएको भन्दै शिक्षकहरूबाट गुनासो आइरहँदा सरकारले यस वर्षको नीति तथा कार्यक्रमबाट त्यसलाई सम्बोधन गर्न लागेको हो।
सरकारले आगामी
यस्तै कार्यक्रममा आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियतकर्जा प्रदान गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। नवप्रवर्तन र स्टार्टअफ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। तीन तहका सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्यवयन गरिनेछ ।
सातै प्रदेशमा बिजनेस इन्कुबेसन केन्द्रको स्थापना गरी स्टार्टअपको विकास र प्रवर्द्धन गरिनेछ। औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसम्बन्धी कानुन, प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाइनेछ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ। सरकारले राष्ट्रिय सुरक्षा नीति एवम् कार्ययोजनाका आधारमा राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्ने भएको छ। सरकारले सार्वजनिक गरेको कार्यक्रममा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवम् राष्ट्रिय हित र स्वार्थ रक्षाका लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।
नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम तथा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने, नेपाल एकीकरणसँग जोडिएका ऐतिहासिक र पुरातात्विक महत्वका संरचना र पदमार्गको खोज, पहिचान, संरक्षण र सम्बद्र्धन गरिने नीति कार्यक्रममा उल्लेख छ। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ। सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो। त्यस्तै, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ पनि घोषणा गरेको छ । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।
यस्तै सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको छ ।
यस्तै सरकारले नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने घोषणा पनि गरेको छ । नीति तथा कार्यक्रममा पाँच लाख भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरा समोवेश गरिएको छ ।