
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चलाएको आरोप लगाउनु भएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको दादागिरी चल्ने ठाउँ संसद नभएको भन्दै कुनै माननीयमाथि आरोप लगाउने, बोल्नै नदिने कस्तो लोकतन्त्रको अभ्यास हो भन्दै प्रश्न गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले ओलीले भन्नुभयो ‘संसद् भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन। विधि र नियमले चल्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। कांग्रेस न्यायाधीश हो र आफ्नो राजनीतिक अभीष्ट पूरा नभएपछि अपराधी भइहाल्ने ? संसदमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी काण्डमा मुछिएको भन्दै संसदीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै लामिछानेलाई बोल्न दिएको छैन ।
कांग्रेसले यसै विषयलाई लिएर लगातार संसद अवरुद्ध पार्दै आएको छ । कांग्रेसले संसद अवरुद्ध पारेपछि एमालेले पहिलो पटक यस्तो कडा अभिव्यक्ति दिएको हो ।