
उच्च अदालत पाटनद्वारा जिल्लाकाे फैसला बदर
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्।

बुधबार उच्च अदालत पाटनले सन्दीपकाे मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेकाे फैसला बदर गरेकाे हाे।
उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेकाे आराेप बदर गर्दै खेलमा लागेकाे प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएकाे छ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।