
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको दुईदिने राष्ट्रिय महिला भेलाको उद्घाटन गर्नुभएको छ । पूर्व पूर्वराष्ट्रपति भण्डारीले भेलाको उद्घाटनसँगैअ ाफ्नो मन्तव्य पनि राख्नु भएको थियो । सो कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीसहितका एमालेका वरिष्ठ नेताहरुको उपस्थित रहेको थियो ।

भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेतृ, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता छ।
०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो। भेलाको संयोजन एमालेको जनसंगठन संयन्त्रले गरेको छ। भेलामा एमाले अध्यक्ष केपी शमौले एमालेलाई पहिलो पार्टी बनाउन महिलाहरु अग्रमोर्चामा रहेको बताउनुभयो ।
एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको स्मरण गर्दै अध्यक्ष ओलीले एमाले निर्णयक अवस्थामा नपुग्दासम्म लागि रहन आग्रह गर्नुभयो । उहाँले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गर्नुभयो ।