
काठमाण्डौ । पछिल्लो समय सरकारी असपतालमा बिरामीहरको चाप र उपचार नपाएको गुनासो सार्वजनिक भएपछि त्यसको समस्या अध्ययन गर्न र समाधानका लागि सरकारले चासो देखाएको छ । उक्त समस्याको अध्ययन गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति सार्वजनिक गर्र्दै समस्या समाधानका लागि अनुगमन गरि त्यसको समाधानका लागि कार्यदल गठन गरिएको जानकारी गराएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य मन्त्रालयकाअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा .दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा.मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।
समितिले पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको स्थलगत अनुगमन गरेर दुई हप्ताभित्र अध्ययन प्रतिवेदन पेस गर्नेछ ।समितिले अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवम् अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवम् गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ ।
