
Oplus_0
विदुर । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको जिल्ला अधिवेशन अन्र्तरगत आज बिहानबाट मतदान सुरु गर्ने अन्तिम तयारी गरिएको छ । नेताहरुबीच सहमतिका लागि दुई दिनसम्म गरेको प्रयास असफल भएपछि पार्टीका नेताहरु आआफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

अध्यक्षका लागि पार्टी अध्यक्ष बद्री मैनाली र यसअघिका सचिव बुद्धि प्रदाधबीच प्रतिस्पर्धा हुँदैछ । मैनालीको पक्षबाट उपाध्यक्षमा बेलकोटगढी नगरपालिकामा पूर्व मेयर राजेन्द्ररमण खनाल ,सचिवमा शिव चित्रकार,उपसचिवमा राजेन्द्र पाण्डे र महिला उपसचिवमा रुपा सापकोटालाई उम्मेदवार बनाइएको छ । यस्तै प्रधान पक्षबाट उपाध्यक्षमा जिल्ला सचिव सुदर्शन नेपाल, सचिवमा निलकण्ड आचार्य ,उपसचिवम विरबल तामाड. र महिला उपसचिवमा मंगलमाया प्रजापतिलेउम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै अध्यक्षमा पत्रकार माधव तिवारीले पनि उम्मेदवार दिएका छन् । उनले भने फिर्ता लिएर मैनालीलाई सममर्थन गर्ने बताइएको छ । यो समाचार तयारपार्दासम्म मतदान सुरु भएको त छैन तर सबै तयारी पूरा भएर नेताहरु आआफ्नो पक्षलाई मत माग्न लाइनमा प्रतिनिधिहरुसम्म पुगिसकेका छन् ।
दोस्रो कार्यकालका लागि पनि सर्वसम्वत रुपमा अध्यक्ष बन्ने दाउँमा रहनु भएका मैनालीले आफ्नो विकल्पमा अन्य उम्मेदवार नभएको दावी गरिरहेका बेला यस पटक भने उहालाई निकै चुनौती खडा भएको छ । विदुर नगरपालिकामा पूर्व जनप्रतिनिधिहरु प्रधानको पक्षमा उभिएका छन् भने पार्टीका पूर्व जिल्ला अध्यक्ष नारायण खतिवडादेखि पूर्व मेयर सञ्जु पण्डित लगायतका नेताहरु प्रधानलाई जिताउन लागिपरेका छन् । यस्तै मैनालीको पक्षमा केशव पाण्डे, प्रदेश सदस्य केपी लामिछाने,प्रल्ह्रfद प्याकुरेल,सहित केही युवा विद्यार्थीहरु लागेका छन् । तर मैनालीलाई आफ्नै क्षेत्रबाट समेत कडा चुनौती व्यहोर्नु पर्ने अवस्था देखिएको बुझिएको छ । विगतमा माधव नेपाल पक्षबाट एमालेमा फर्किएकाहरुलाई पार्टीमा कमजोर बनाउने विगतको रणनीतिकाबीच यस पटक भने मैनालीले त्यसको राम्रै जोखिम बोल्नु परेको एमाले वृत्तमा चर्चा चलेको छ ।
यस्तै सदस्यहरुमा पनि दुई पक्षले प्यानल नै खडा गरेर आआफ्नो पक्षबाट उम्मेदवार बनाएका छन् । सबै उम्मेदवाहरु आआफ्नो मत सुरक्षित गर्न लागिपरेका छन् । ६ सय १२ जना प्रतिनिधि सहभागि हुने अधिवेशनबाट पाँच पदाधिकारीसहित १०५ सदस्यीय कार्यसमिति चयन हुनेछ । इलेक्टिकल मतदान हुने भएकाले दिउँसो १ बजेसम्म मत परिणाम आइसक्ने एमाले निर्वाचन कमिटिले जनाएको छ । पार्टी अध्यक्ष केपी शमो ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशनमा अध्यक्ष ओलीलेका र्यव्यस्ताका कारण आउन नसकेपछि उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा महेन्द्र पाण्डे , विष्णु रिमालको पनि उपस्थिति रहेको थियो । उहाहरुले अधिवेशनलाई सहमतिका आधामार टुंगोमा पुर्याउन आग्रह गरेपनि विगतमा आफूहरुले ओली पक्षबाट व्यहोर्नु परेको अपमानकाबीच पूर्व नेपाल पक्षले यस पटकै राम्रो जवाफ दिने देखिएको छ । यद्यपि निर्वाचन भने निकै प्रतिस्पर्धा हुने अनुमान एमालेबाट नै गरिएको छ ।